कञ्चनपुर : द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र नामक गैर सरकारी सस्थाले महेन्द्रनगरमा संचालित मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरण रोकथाम सम्बन्धी तालिममा भीमदत्त नगरपालिकाको आर्थिक सहयोग नभएको स्पष्ट पारेको छ ।

६ पुषदेखि शुरु भएको तालिमको शिर्षक मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरण रोकथाम हुनुपर्नेमा प्राविधिकबस त्रृटी भएको भन्दै माहिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग भएको जनाएको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रका कार्यक्रम संयोजक डम्बरा विष्टले ब्यानरमा प्राविधिक त्रृटी भएको वियषयमा केही व्यक्तिले भीमदत्त नगरपालिका लक्षित मुद्दा बनाईरहेको बताईन । ‘हामीले के मानव बेचबिखन तथा ओसारपसार तालिम संचालन गछौँ त, ‘उनले भनिन, ‘केही प्राविधिक त्रृटीबस भएको हो ।’

द्वन्द्वपीडित तथा एकल महिला विकास केन्दले एक प्रेस विज्ञप्ती जारी गरेर भीमदत्त नगरपालिकाको कुनै आर्थिक सहयोग नभएको र ब्यानरमा प्राविधिक त्रृटीबस केही शब्द छुट्न गएको जनाएको छ । केन्द्रका अध्यक्ष सिता बोहराद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा आगामी दिनमा शाब्दिक प्राविधिक त्रृटी हुन नदिने प्रतिबद्धता जाहेरी गरेकी छिन । ब्यानरमा उल्लेख भएको विषयमा समाजिक सञ्जालमा टिकाटिप्पणी गरिएको थियो ।







