जयपृथ्वी बहादुर सिंह स्मृति प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न


कञ्चनपुर : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा जयपृथ्वी बहादुर सिंह स्मृति प्रतिष्ठानको प्रथम साधारण सभा एवम् अधिवेशन सम्पन्न भएको छ। शनिवार बेलडाँडी गाउँपालिकाको सभा हलमा जयपृथ्वी बहादुर सिंह स्मृति प्रतिष्ठान -२०७८ को प्रथम साधारण सभा एवम् अधिवेशन सम्पन्न गरिएको हो। बझाङ्गी राजा जयपृथ्वी बहादुर सिंहको व्यक्तित्व र उहाँको समाजमा योगदान ! तथा जयपृथ्वी बहादुर सिंह प्रतिष्ठानको सान्दर्भिकता बारेमा उक्त प्रतिष्ठानका अध्यक्ष बिर बहादुर सिंहले प्रस्तुत गर्नु भएको थियो।No description available.

सम्मान वीर बहादुर थापा, उपकुलपति डा.अम्मर राज जोशी ,कमला बोहरा र संस्थापक पदाधिकारी लाई आजिबन प्रमाणपत्र वितरण , सुप विश्वविद्यालयका उपकुलपति डा.अम्मराज जोशि र चन्द्र बहादुर सिंह लाई मानार्थ सदस्य वितरण गरिएको हो। कार्यक्रमको सभापति प्रतिष्ठानका अध्यक्ष बिर बहादुर सिंह, प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्य वीर बहादुर थापा, बिशिस्ट अतिथिमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.अम्मराज जोशी, सु.प. वि.वि. भाषा संस्क‌ृति प्रतिष्ठानका निर्देशक प्राध्यापक डा.हरिशचन्द्र भट्ट, नेकपा एमाले केन्द्रीय सदस्य तथा पुर्व कञ्चनपुर जिल्ला भुमि आयोगका अध्यक्ष कमला बोहरा, पुर्व बेल्डाँडी गाविस अध्यक्ष चन्द्र बहादुर सिहँ रहनु भएको थियो । कार्यक्रम सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष पुष्प कमल पण्डितले गर्नु भएको थियो।


ताजा समाचार

spot_img