कञ्चनपुर : काठमाण्डौँ महानगरपालिकाले थापाथली स्थित भूमिहिन सुकुमबासी बस्तीमाथि डोजर चलाएपछि विचल्ली बनाएको घटनाको चौतर्फि बिरोध हुन थालेको छ । सुकुमबासीबस्तीमा काठमाण्डौँ महानगरपालिकाले अमानविय ढङगबाट डोजर लगाएर विचल्ली बनाउन खोजिएको कार्यको अखिल नेपाल सुकुमबासी संघ सुदूरपश्चिम प्रदेश समितिले भत्र्सना जाहेर गरेको छ । मंगलबार अखिल नेपाल सुकुमबासी संघ सुदूरपश्चिम प्रदेश समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै सुकुमबासी, भूमिहिनको उचित व्यवस्थापनको साटो अमानविय ढङगबाट उठिबास गराउने कार्य भएको भन्दै भत्र्सना जाहेर गरेको छ ।

अखिल नेपाल सुकुमबासी संघ सुदूरपश्चि प्रदेशले जारी गरेको विज्ञप्तीमा सुकुमबासी तथा अव्यवस्थित बस्तीमा विना विकल्प जबरजस्ती डोजर लगाउने कार्य कानुनी राज्य नीति बर्खिलाम रहेको जनाएको छ । काठमाण्डौँमा बसोबास गर्ने भूमिहिन सुकुमबासी अव्यवस्थित बसोबासी हाल आएर बषौँ बर्ष भन्दा अघिदेखि बस्दै आएको सुकुमबासीकै मतले सत्तामा पुगेर सम्भ्रान्त वर्गको पक्षषोषण् गर्दै बविषर््य विभेद लाग्ने अत्याचार गर्ने सत्ताको शक्तिको बलमा उठिबास लगाउने कार्य गणतन्त्रको धज्जीया र खिल्ली उठाउनु नागरिक प्रतिको अपमान र अपराध भएको ठहर गरिएको छ ।

‘भूमिहिन सुकुमबासीमाथि डोजर होईन लालपुर्जा, सुरक्षित आवास नै हो, ‘विज्ञप्तीमा भनिएको छ, ‘भूमिहिन सुकुमबासीमाथि डोजर हैन लालपुर्जा सुरक्षिता आवास नै हो, जुन संविधान कानुनले नै व्यवस्था गरेको छ ।’ भूमि आयोग सहित सरोकारवाला निकायले यस विषयमा गम्भिर ध्यान दिनुपर्नेमा जनाईएको छ । अखिल नेपाल सुकुमबासी संघ सुप प्रदेशका इन्चार्ज आनन्द सिह धामी र सचिव गोबिन्द राम टमाटाद्वारा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तीमा सुकुमबासीको उचित व्यवस्थापन र फेरीपनि सुकुमबासीमाथि दमन गरिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।







