सागर ढकाल एक्कासि पुगे बझाङ पहिलो भेट मै महर


बिरेन्द्र बाग /बझाङ : बझाङ पुगेर सागर ढकालले पुर्व अनेरास्ववियु का केन्द्रिय अध्यक्ष तथा नेकपा (एमाले)का केन्द्रिय सदस्य , बझाङ जिल्लाका सह–इन्चार्ज ऐन महरलाई भेटेका छन् ।ढकाल र महरले बझाङको बुंगल नगरपालिकामा रहेको कालंगा हाइड्रो पावरमा भेटघाट गरेका हुन् । डडेलधुराबाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका ढकालले बझाङबाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका महरलाई भेट्न बझाङ पुगेको बताएका छन् ।

चुनावी अभियानकै क्रममा हजुरबुवा उमेरका नेताहरुलाई आराम दिनका लागि आफु चुनावमा होमिएको बताउने गरेका ढकालले महर संग भेटघाट गरेका हुन् । भेटघाटको क्रममा दुबै जनाले चुनावको अनुभव साटासाट गरेका छन् । ढकालले बझाङमा खोलानाला र पानीको स्रोत धेरै भएकाले हाइड्रोलाई प्रमोड गर्नका लागि महरसंग छलफल गर्न आएको र महर र आफ्नो उम्मेर र भावना मिल्ने भएकाले भेटघाट गरिएको बताए । साथै महर र ढकालले राप्रपाबाट प्रदेश सभा सदस्यमा पराजित विरेन्द्र मल्ल संग पनि भेटघाट गर्दै हाइड्राको विषयमा छलफल गरेका छन् ।


ताजा समाचार

spot_img