महेन्द्रनगर : दार्चुलाको व्यास गाउँपालिका–४ मा मृत भेटिएका नरसिंह विष्ट९नरेन्द्र०को घटनामा प्रहरीले अनुसन्धानलाई अन्तिम चरणमा पुगाएको छ। उक्त घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमै राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए। ‘अहिलेसम्म थुप्रै व्यक्तिलाई सोधपुछ गरेका छौं,’ उनले भने, ‘केही व्यक्तिलाई नियन्त्रणमै राखेर अनुसन्धान गरिरहेका छौं, आज साँझ या भोली निष्कर्षमा पुग्छौं।’

विष्टको शवलाई जिल्ला अस्पतालमै राखिएको छ। उनका आफन्तले हत्या भएको आशंका गर्दै संलग्न पत्ता नलाग्दासम्म शव नउठाउने बताउँदै आएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोली पनि घटनाको अनुसन्धान गरिरहेको छ। मंसिर ४ गते विष्टको शव घर नजिकैको खोलामा भेटिएको थियो। उनी मंसिर ३ गते राति बेपत्ता भएका थिए। सत्ता गठबन्धनका कार्यकर्ताले विष्टको हत्या गरेको आफन्तको दाबी छ। विष्ट निर्वाचनका दिन भोट हाल्न नआएपछि स्थानीयले खोजी गर्दा मृत फेला पारेका थिए।

