सुदूरपश्चिम प्रदेशमा दार्चुलाबाट काँग्रेसले खाता खोल्यो


कञ्चनपुर:  सुदूरपश्चिम प्रदेशमा दार्चुलाबाट काँग्रेसले खाता खोलेको छ । दार्चुला प्रदेशसभा १(क)मा नेपाली कांग्रेसका बिक्रमसिंह धामी निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार हरदेव जोशीलाई पराजित गर्दै धामी निर्वाचित भएका हुन्।

अन्तिम मत परिणाम अनुसार धामीले १५ हजार १ सय २७ मत पाउँदा जोशीले १३ हजार ४ सय ५१ मत पाएका छन्। यसअघि प्रदेशसभा १(क)मा नेकपा माओवादीका मानबहादुर धामी निर्वाचित भएका थिए। बाम लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित धामीद्वयले जनअपेक्षा अनुरुप काम गर्ने प्रण गरेका छन ।


ताजा समाचार

spot_img