कञ्चनपुर: सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले खाता खोलेको छ । प्रदेश सभा सदस्य तर्फ माओवादीले दार्चुलाबाट खाता खोलेको हो । दार्चुलाको प्रदेशसभा ९१० मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन्।

नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३ सय १५ को मतान्तरले पराजित गर्दै धामी निर्वाचित भएका हुन्। धामीले १३ हजार १ सय ७१ मत पाउँदा जोशीले ११ हजार ८ सय ५६ मत मात्रै पाए। धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।







