९ दिनभित्रै मतगणना सकिने आयोगको दावि


कञ्चनपुर: निर्वाचन आयोगले करिव ९ दिनभित्र प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना सकिने अनुमान गरेको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंगलबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै सहज ढंगले सम्पन्न भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य सो समयभित्र सम्पन्न गरिसक्ने योजना रहेको बताए। बाजुरामा भने मानवीय क्षति भएकाले स्थिति सहज भएपछि त्यहाँको निर्वाचन अधिकृतसँग आवश्यक छलफल गरी मतदानको मिति तय हुने उनले बताए।

सहायक प्रवक्ता अर्यालले भने, ‘प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ दुवैको मतगणना जारी छ। प्रदेश सभाको पनि एकसाथ प्रत्यक्ष र समानुपातिकका मतगणना हुन्छ। हाम्रो राम्रोसँग सम्पन्न भएका र सही तरिकाले गणना प्रक्रिया अघि बढेका स्थानहरुको मत गणना आयोगले भनेजस्तै अवको ८÷९ दिनमा सकिने अनुमान गर्न सक्छौं।’ मंसीर ४ गते देशभर एकैसाथ मतदान भएको थियो । त्यसमध्ये १५ वटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ ।


ताजा समाचार

spot_img