कञ्चनपुर: कञ्चनपुर निर्वाचन क्षेत्र १ मा एमाले , २ र ३ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । सोमबारदेखि जारी मत गणना अनुरुप क्षेत्र १ मा प्रतिनिधी सभा सदस्य तर्फ एमालेका तारालामा तामाङ्ग माओवादीकी बिना मगरसंग दोब्बरले अग्रता लिएका छन । क्षेत्र २ मा काँग्रेसका एनपी साउदले एमालेका नर बहादुर धामीलाई पछ्याउँदै अग्रता लिएका छन । क्षेत्र ३मा काँग्रेसका रमेश लेखकले एमालेका निरुदेवी पाललाई दोब्बर मतले अग्रता लिएका छन ।

समाचार तयार पारुन्जेलसम्म क्षेत्र १(क) एमालेका बीर ब. थापा, १(ख) काँग्रेसका दिवान सिह विष्ट, २(क) एमालेमा बचन सिह, (ख) कृपाराम राना, ३(क) समाजवादीका प्रकास रावल ३(ख)काँग्रेसका बेल ब. रानाले अग्रता लिएका थिए । आज पनि मतदान जारी रहनेछ । लेखकले ९हजार, ९सय २१, पालले ५ हजार, ७५३मत ल्याएकी छिन । क्षेत्र १मा ६४ हजार २१६, २मा ६६ हजार १४६ र ३मा ५७ हजार, ९५५मत खसेका थिए ।







