कञ्चनपुर: आईतबार ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको कञ्चनपुरमा तयारी अन्तिम चरणमा पुगेको छ ।bकञ्चनपुरका मुख्य निर्वाचन अधिकृत धुव्र कुमार शाहले जिल्लामा मतदानको तयारी पुरा भएको बताए । उनका अनुसार १सय ३२ मतदान स्थलका ३ सय ४६ केन्दमा मतदान गर्नका लागि आवश्यक सबै तयारी पुरा भएको बताए । ‘अब सबै मतदान स्थलको तयारी पुरा भएको छ, ‘मुख्य निर्वाचन अधिकृत शाहले भने, ‘अब चहलपहल मतदान स्थलमै हुन्छ, भोली मतहाल्न मात्रै बाँकी रह्यो ।’ महिला पुरुष र अपाङ्गताका लागि छुट्टाछुट्टै लाईन बनाईएको छ । कर्मचारी यस अघि नै मतदान स्थलमा पुगेर खटिएका छन ।

३ संघीय र ६ प्रादेशिक निर्वाचन क्षेत्र रहेको कञ्चनपुुरमा रहेका सबै मतदान स्थलको तयारी अन्तिम चरणमा पुगेको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाको शान्ति सुरक्षा व्यवस्था समेत चुस्त पारिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले निर्वाचनको शान्ति सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको बताए । ‘हामीले तीन घेरामा मतदान स्थलको सुरक्षा प्रबन्ध मिलाएका छौँ, ‘प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘पहिलो घेराभित्र नेपाल प्रहरी म्यादी प्रहरी, दोस्रो शसस्त्र प्रहरी बल तेस्रोका सेना परिचालन गरेका छौँ ।’ सीमादेखि, मतदान स्थल, आवश्यक सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन भएको बताउदै प्रमुख जिल्ला अधिकारी अर्यालले सुरक्षा व्यवस्था पुर्ण मजबुत पारिएको बताए ।

सुरक्षा बेस, आवश्यक मोबाईल टोली, चारै सुरक्षा निकायविच समन्वय गरेर निर्वाचनलाई भयरहित बनाउनका लागि अहोरात्र खटिएको बताए । ‘चुनाव बिरोधी समुहमाथि समेत सुक्ष्य निगरानी गर्दै कुनैपनि प्रकारका चुनाव बिरोधी गतिबिधी हुन नदिन समेत प्रबन्ध मिलाएका छौँ, ‘प्रजिअ अर्यालले भने, ‘कञ्चनपुरमा निर्वाचन स्वच्छ, निष्पक्ष एव भयरहित वातावरण हुन्छ ।’ हिउँदे महिना भएकाले समयमै मतदान गर्न जान समेत प्रजिअ आर्यालले अपिल गरेका छन । ३प्रादेशिक ६ प्रतिनिधी सभा सदस्य गरी ९ पदका लागि८० उम्मेदवार चुनावी मैदानमा छन । कञ्चनपुरमा ३ लाख, २५ हजार ९ मतदाता रहेका छन ।

फोटो क्याप्सन ः कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेमा मतदान स्थलको तयारी






