परशुराम नगरपालिकाका नगर प्रमुख जोशीले निर्वाचन आयोगको स्पष्टिकरणको महत्व दिएनन्


कञ्चनपुर : परशुराम नगरपालिकाका नगर प्रमुख जोशीले निर्वाचन आयोगको स्पष्टिकरणको महत्व दिएनन् । स्ष्ष्टिकरण सोधेको दोस्रो दिन पनि दलको प्रचारमा व्यस्त निर्वाचन आयोगले स्पष्टिकरण सोधेपछि पनि परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले सोही क्षेत्रमा आफु निकट दल नेपाली कांग्रेसको चुनावी प्रचार प्रसार गर्न छोडेका छैनन् । उनलाई निर्वाचन आयोगले २९ गते निर्वाचन आचारसंहिता विपरित गतिविधि गरेको औपचारी उजुरी आएको भन्दै किन कारवाही नगर्ने भनेर २४ भण्टे स्पष्टिकरण सोधेको थियो ।

फेरी आज पनि उनी परशुराम नगरपालिका वडा नं. ८ मा पर्ने गुप्तीगाडामा वाम लोकतान्त्रीक गठबन्धनको चुनाव प्रचारप्रसारमा सरिक भएका हुन । उहाँ संगै परशुराम नगरपालिका वडा नंम्बर ८ का वडा अध्यक्ष दिनेश प्रसाद जोशी समेत उक्त कार्यक्रममा सरिक भएका थिए । निर्वाचन आचार संहिता अनुसार नगरकार्यपालिकाका पदाधिकारीहरुले सोही स्थानीय तहमा आफु निकट दलको प्रचार प्रसार गर्न नपाईने उल्लेख छ ।


ताजा समाचार

spot_img