कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपा भीमदत्त नगरका नेता पुरुषोत्तम भट्ट(पुसे) नेकपा एकीकृत समाजवादीमा प्रवेस गरेका छन । बिहीबार बिहान एक कार्यक्तमका विच राप्रपा नेता भट्ट समाजवादीमा प्रवेस गरेका हुन । नेकपा एकीकृत समाजवादी कञ्चनपुरका युवा नेता प्रज्वल कुँवरले राप्रपापनि कम्युनिष्ट जस्तै पाटी भएकाले राप्रपा सिद्धान्त भन्दा बाहिर गएपछि समाजवादीमा प्रवेस गरेको जनाएका छन ।

भट्ट गत स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका १०बाट राप्रपा सदस्यमा उठेका थिए । भट्टले ८०१लोकप्रिय मत ल्याएका छन । राप्रपा नेता भट्टलाई नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एव क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार प्रकास बहादुर रावलले प्रवेस गराएका छन ।







