भीमदत्त नगरका निर्वतमान नगर प्रमुख विष्ट प्रदेशसभा सदस्यको यात्रामा


कञ्चनपुर : राजनीतिक बृत्तमा सुरेन्द्र विष्ट चर्चित नाम हो । जस्तो चर्चित नाम उस्तै पार्टी र स्थानीय सरकारको नेतृत्व गरेका उनै सुरेन्द्र विष्ट अहिले सुदूरपश्चिम प्रदेश सभा सदस्यको यात्रामा छन ।
०७४ मा काँग्रेसका उम्मेदवार पदम बोगटीलाई १६६ मतको अन्तरले हराउँदै मेयर बनेका विष्टले नगरको मुहार फेर्ने काम गरेर चर्चा बटुलेका थिए । तीन दशक बढी समयदेखि राजनीतिमा होमिएका विष्टले कञ्चनपुर निर्वाचन क्षेत्र ३(ख)बाट प्रदेश सभा सदस्यको यात्रा तय गरेका हुन । पाटीबाट उम्मेदवार सिफारिस हुँदा एकल सिफारिस भएका विष्टलाई सिङ्गो पार्टीको साथ सर्मथन रहेको छ ।
बहुदल पुर्नस्थापनाका लागि ०४६ सालमा भएको पहिलो जनआन्दोलनबाट राजनीतिमा होमिएका विष्ट अहिले एमाले कञ्चनपुरको नेतृत्वमा छन । ०४६सालको जनआन्दोलन, टनकपुर सन्धी बिरुद्धमा आन्दोलनमा सहभागि, पुर्णागिरी मार्च, ३३ प्रतिशत विद्यार्थी सहुलियत आन्दोलन, एकात्मक राजतन्त्र हटाउनका लागि ०६२÷०६३ को दोस्रो जनआन्दोलनमा सरिक, सुदूरपश्चिम विश्वविद्यालय कञ्चनपुरमा स्थापनाका लागि संघर्ष गरेका थिए ।
०४७ सालमा एमाले निकट अनेरास्ववियू कञ्चनपुरको प्रारम्भिक कमिटी सह सचिवबाट राजनीतिक यात्रा तय गरेका विष्टले दर्जनौँ पार्टी र संगठनका मोर्चा सम्हाल्दै अहिले जिल्ला नेतृत्व गरिरहेका छन । ०४९ मा अनेरास्ववियू सिद्धनाथ बहुमुखी क्याम्पस इकाई सचिव, सोही बर्ष अनेरास्ववियूका तर्फबाट स्वीवियू सचिवको प्रत्यासी, अनेरास्ववियूको चौथो जिल्ला सम्मेलनबाट जिल्ला सचिव, पाँचौँ जिल्ला सम्मेलनबाट संयोजक, अनेरास्ववियू महाकाली अञ्चल सम्मेलन आयोजक कमिटि सदस्य, युवा संघ नेपाल कञ्चनपुरको जिल्ला सचिवको जिम्मेबारी सम्हालेका थिए ।
०५३ सालमा सिद्धनाथ बहुमुखी क्याम्पस स्ववियू सभापति, ०५४ मा स्ववियू काउन्सिल केन्द्रीय सदस्य, ०५४ मा अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य सुप प्रदेश ब्यूरो प्रमुख, विभाग प्रमुख भएका थिए । नेकपा एमाले फुटेपछि विष्ट मालेतिर लागेका थिए । ०५४ मै नेकपा माले जिल्ला सदस्य भएका थिए । त्यसपछि एमाले भीमदत्त नगर कमिटि सदस्य, युवा संघ नेपाल जिल्ला संयोज बने ।
०६३ सालमा नेकपा एमाले कञ्चनपुर जिल्ला सदस्य, ०६६ मा एमाले उपसचिव तथा प्रचारप्रसार विभाग प्रमुख, ०६९ एमाले कञ्चनपुर सचिव तथा संगठन विभाग प्रमुख, ०७५ सालमा नेकपा एमाले माओवादी केन्द्र एकीकृत भएपछि नेकपाको जिल्ला सदस्य एव सुप प्रदेश सदस्य, ०७४ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका प्रमुख, सुदूरपश्चिम विश्वविद्यालय सभा सदस्य भएका थिए । अहिले विष्ट एमाले कञ्चनपुर जिल्ला अध्यक्ष एव नेपाल नगरपालिका संघ केन्द्रीय सदस्यको जिम्मेबारीमा छन ।
गत बर्ष एमाले फुटेर नेकपा एकीकृत समाजवादी पाटी निर्माण भएसंगै एमाले शक्ति समाजवादीतिर गएको थियो । पार्टी नेतृत्व पाएसंगै विष्टले समाजवादीतिर लागेका केही नेता कार्यकर्ता पुन पार्टीमै फर्काएर एमाले बलियो बनाउने काम गरे ।
राजनीतिक जिवनसंगै दर्जनौँ समाजिक संघ सस्थामा आबद्ध भएका विष्टले यस क्षेत्रको समाजिक क्षेत्रमा भूमिका निर्वाह गरेका थिए । १४ असार ०७४ देखि ३० बैशाख ०७९ सम्म पाँच बर्ष भीमदत्त नगरको प्रमुख हुँदा विष्ट नेतृत्वमा उत्तरी भेगमा जैविक मार्ग, बाह्यी चक्र्रपथ सहित थुप्रै पूर्वाधार, समाजिक कार्यक्रम अघि बढेका थिए । अहिले सुरेन्द्र विष्टलाई राप्रपाको समेत साथ पाईएको छ । ३(ख) प्रदेश सभा सदस्यका उम्मेदवार विष्टले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना बनाउने सपना बोकेका छन ।
क्षेत्र ३(ख) सीमा समस्या, विकासबाट विछडीएको कटानीदेखि जंगली जनावरबाट समस्याग्रस्थ रहेको क्षेत्रको विकासका लागि थुप्रै एजेण्डा अघि सारेका छन । ‘संघीयता आएपछि प्रदेश सरकारबाट जनताले लिएका अपेक्षा पुर्ण कार्यान्वयन हुन सकेनन, ‘प्रदेश सभा सदस्यका उम्मेदवार विष्टले भने, ‘जनअपेक्षा अनुरुप हामी प्रदेशलाई जनमैत्री बनाउँछौँ ।’ प्रदेशमा रहेका थुप्रै प्राकृतिक स्रोत साधन सदुपयोग गर्दै प्रदेशलाई सम्बृद्धि बनाउने विष्टको सपना छ । ‘प्रदेश १, ५ र २५ बर्षको गुरु योजना बनाएर अघि बढ्छौँ ।’ कुतियाकर खैरभट्टी अभियान संचालन गर्ने, महाकाली नदीको बहुउपयोग गर्ने, सीमा सुरक्षा, जैविक मार्गलाई दोधाराचाँदनीसंग जोड्ने, तटबन्ध निर्माण गर्ने, सीमा समस्या समाधान गर्ने, जंगली जनावरबाट हुने क्षति र अन्नबाली जोगाउने, प्राविधिक शिक्षा विस्तार, उद्योग विस्तार, सुख्खा बन्दरगाह, एकीकृत संयुक्त चेकजाँच चौकी विस्तार, दोधाराचाँदनी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरबृद्धि गरेर ५०सैयाको बनाउने, जोगबुढा, महाकाली नदीमा तटबन्ध, सिँचाई विस्तार, खरका छाना विस्थापित गराउने, बिउ भण्डार, भानु बहुमुखी क्याम्पसलाई सुप विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने, खेलमैदान विस्तार, कर्बडहल निर्मौण, वैकल्पिक सोलार जडान गर्ने, दोधाराचाँदीका शहर व्यवस्थित बनाउने, झोलेङ्गेपुल सौन्दर्यकरण गर्ने, पिकनिक स्र्पोट, धार्मिक ऐतिहासिक पर्यटन मार्ग विस्तार गर्ने एजेण्डा अघि सारेका छन । ‘हामीले भविष्यमा दोधाराचाँदनी, भीमदत्र नगरपालिका जोड्दै उपमहानगर हुँदै महानगर बनाउँछौँ, ‘विष्टले भने, ‘दिर्घकालिन योजनाका साथ अघि बढेकाछौँ ।’ प्रदेश सभा सदस्यका उम्मेदवार विष्टले निर्वाचन क्षेत्रमा निरन्तर प्रचारप्रसारका कामकाज अघि बढेको बताए ।


ताजा समाचार

spot_img