बृहत चौथो प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगिता सम्पन्न, कैलारी गाउँपालिकाले जित्यो तेस्रोपटक भेट्रान फुटबलको उपाधी

पुरुष तर्फ पिएफए स्पोर्ट्स क्लबले १-० गोलको अन्तरले नव:बुद्ध युवा क्लब लाई हराउदै बन्यो च्याम्पियन ,महिला तर्फ मनकामनाले जित्यो उपाधी


कञ्चनपुर: सुदूरपश्चिम प्रदेशमा सञ्चालन भैरहेको चौथो प्रदेश क्लब स्तरीय महिला /पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ को तेस्रो पटक उपाधी कैलारी गाउँपालिका कैलाली जितेको छ।
May be an image of 6 people and people standingमनकामना युवा क्लब धनगढी उपमहानगरपालिका वडा न.१२ जुगेडाको आयोजनामा संचालन भएको चौथो प्रदेश क्लब स्तरीय महिला /पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ को उपाधी महिला तर्फ मनकामना युवा क्लब , पुरुष तर्फ पिएफए स्पोर्ट्स क्लब अत्तरीया र भेट्रान फुटबल तर्फ कैलारी गाउँपालिकाको कैलाली च्याम्पियन बनेका छन् ।May be an image of 6 people, people standing and outdoorsसोमबार भएको पुरुष फुटबलको फाइनलमा पिएफए स्पोर्ट्स क्लब अत्तरीया र नव: बुद्ध युवा क्लब बिच भएको थियो । जसमा १-० गोलको अन्तरले नव: बुद्ध युवा क्लब लाई पिएफए स्पोर्ट्स क्लबले हराउदै नगद रु १ लाख १ हजार, ट्रफी प्रमाण,मेडल हात हात पारेको छ। भने उपविजेता टिम नव:बुद्ध युवा क्लबले ५१ हजार १ सय ,ट्रफी प्रमाण,मेडलमा चित्तबुझाएको छ।May be an image of 8 people and people standingप्रतियोगिताको भेट्रान फुटबलको फाइनलमा मनकामना युवा क्लबले उपाधिका लागी डिफेन्डिङ च्याम्पियन कैलारी गाउँपालिकाको सामना गरेको थियो। जसमा कैलारीले मनकामना युवा क्लब लाई ०-५ गोलको अन्तरले हराउदै तेस्रो पटक उपाधी रक्षा गर्न मनकामना चुकेको हो । जसमा मनकामना युवा क्लबले यो तेस्रो पटक उपाधी रक्षा गर्न चुकेको छ ।May be an image of 7 people and people standing मनकामना क्लबको फाइनलमा कैलारी गाउँपालिका संग हेट टू हेट यो तेस्रो चोटि भेट भएको हो। जसमा लगातार कैलारी गाउँपालिका फुटबल टिमले ह्याटि्रक संगै तेस्रो पटक उपाधी जित्न सफल भयो।May be an image of 6 people and people standingभेट्रान तर्फ विजेता कैलारी गाउँपालिकाले नगद रु ७१ हजार र उपविजेता टिम मनकामना युवा क्लबले नगद रु. ३५ हजार ट्रफी, प्रमाणपत्र, मेडेल हात पारेको छ।May be an image of 5 people, people standing and outdoorsयसैगरी महिला तर्फको खेलमा मनकामना युवा क्लबले गौरीगंगा -११ क्लब लाई पेनाल्टी सुट आउटमा ३-२ गोलको अन्तरले हराउदै उपाधी हात पारेको हो।
May be an image of 8 people and people standingमहिला समुह तर्फ विजेता टिम मनकामना युवा क्लबले ५० हजार ,उपविजेता टिम गौरीगंगा -११ क्लबले ३५ हजार ट्रफी ,प्रमाणपत्र र मेडल हात पारेको मनकामना युवा क्लबका अध्यक्ष कृष्ण राज पाण्डेले बताउनु भयो।May be an image of 6 people, people standing and outdoorsखेलकुद क्षेत्रको बिकास र खेलाडी उत्पादनको लागि सुप प्रदेशको नमुना को रुपमा रहेको मनकामना युवा क्लब धनगढी उपमहानगरपालिका वडा न.१२ जुगेडाले ” स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद ,समाजको लागि खेलकुद” भन्ने मुल नाराका साथ कार्तिक १५ गते देखि चौथो प्रदेश क्लब स्तरीय महिला / पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ संचालन भएको थियो। उक्त प्रतियोगिताको सोमबार कार्तिक २१ गते भब्यताका साथ सम्पन्न भएको छ।May be an image of 14 people, people standing and outdoorsप्रतियोगितामा १८ क्लबको सहभागिता रहेको छ। जसमा पुरुष युवा क्लब तर्फ स्टार सिटि युथ क्लब धनगढी ,हिमाल फ्रेन्डस क्लब , पीएफए स्पोर्ट्स क्लब ,फुलबारी -११ , नव: बुद्ध युवा क्लब ,डोटी फुटबल टिम, रिभर साइड क्लब र मनकामना युवा क्लब जुगेडा गरि आठ टिम रहेका छन् । यसैगरी भेट्रान फुटबल तर्फ कैलारी गाउँपालिका भेट्रान ,पुनर्वास नगरपालिका भेट्रान ,रोयल गोर्खाज स्पोर्ट्स सर्कल ,बोराडाँडि भेट्रान , पिएफए स्पोर्ट्स भेट्रान टिम गरि ६ क्लब र महिला फुटबल तर्फ ४ क्लबको सहभागिता रहेको छ। जसमा मनकामना युथ क्लब , कालिका युवा क्लब , रोयल गोर्खा स्पोर्ट्स सर्कल र गौरीगंगा -११ क्लबको सहभागिता रहेको थियो।May be an image of 12 people, people standing and outdoorsMay be an image of 8 people, people standing and grassMay be an image of 12 people, people standing and text that says 'MANAKAMANA YUVA CLUB Estd. 2051'May be an image of 11 people and people standingMay be an image of 7 people, people standing and grassMay be an image of 10 people, people standing and people playing footballMay be an image of 4 people, people sitting and people standingMay be an image of 8 people, people playing football, people standing and grassMay be an image of 7 people and people standingMay be an image of 6 people and people standingMay be an image of 2 people and people standingMay be an image of 9 people, people standing and outdoorsMay be an image of 7 people, people standing and outdoorsMay be an image of 6 people, people standing and outdoorsMay be an image of 5 people, people standing and outdoorsMay be an image of 7 people and people standingMay be an image of 9 people and people standingMay be an image of 3 people and people standingMay be an image of 6 people and people standing

ताजा समाचार

spot_img