बाम लोकतान्त्रिक गठबन्धनको बेदकोट ९मा घरदैलो


कञ्चनपुर : बाम लोकतान्त्रिक क्षेत्र नम्बर २ले कञ्चनपुरको बेदकोट नगरपालिकामा घरदैलो अभियान गरेको छ ।
आइतबार बेदकोट नगरपालिका ९सुन्दरपुर सहितका गाँउबस्ती टोलमा बाम लोकतान्त्रिक गठबन्धनले घरदैलो गरेका हुन ।
बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका युवा नेता एव नेपाली काँग्रेस बेदकोट नगरका नेता रदिप पाल (आरक्षपीडित)ले चुनावी एजेण्डा सहित घरदैलो गरेको बताए । ‘हामीले घरदैलो गर्दा अघिल्लो पटक एमालेबाट जितेका उम्मेदवारहरु गाँउ फर्किएनन, भन्ने जनताको गुनासो पाए, ‘पाल आरक्षपीडितले भने, ‘हामीले जवाफमा हाम्रा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जितेपनि नजितेपनि जनताको घरदैलो साथमै हुने बाचा दिएर आएका छौँ ।’ अहिले क्षेत्र २मा जनता बाम लोकतान्त्रिक गठबन्धनकै पक्षमा पाईएको उनले बताए । संविधानको रक्षा र व्यवस्था जोगाउनका लागि बाम लोकतान्त्रिक मुलुकका लागि आवश्यक रहेको भन्दै जनतालाई गठबन्धनका नेताहरुले सम्झाई बुझाई गरेका छन । जनताले दिएको मतको एमाले अध्यक्ष ओलीले दुई दुई पटक संसद भङ गरेर जनताको अपमान गरेको भन्दै स्वयम जनताले यस पटक संविधानका रक्षक बाम लोकतान्त्रिक गठबन्धनलाई साथ दिने विश्वास दिलाएका छन ।


ताजा समाचार

spot_img