भीमदत्त नगरपालिकाको टिप्पर तोडफोड


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाको टिप्पर तोडफोड गरिएको छ । खोलाबाट ग्राभिल बोकेर आईरहेको नगरपालिकाको ३२ नम्बर टिप्परमा दुई युवक समुहले तोडफोड गरेका हुन । भीमदत्त नगरपालिका ३ का वडाध्यक्ष गगन धामीले ग्राभिल बोकेर आएको टिप्परमा दुई मोटरसाईकलमा आएका युवकले टुङगा प्रहार गरेको बताए ।

‘टिप्पर खोलाबाट ग्राभिल बोकेर बजारतिर आईरहेको थियो, ‘वडाध्यक्ष धामीले भने, ‘मोटरसाईकलमा आएका दुई युवकले अगाडीको सिसामा ढुङगा हानेर भागे ।’ विकास बिरोधी तत्व समुहबाट सवारी साधनमाथि तोडफोड गरिएको भन्दै नगरपालिकाले भत्र्सना गरेको छ । टिप्पर तोडफोडमा सलग्नको खोजि भईरहेको प्रहरीले जनाएको छ ।


ताजा समाचार

spot_img