समृद्धिको यात्राका लागि नेकपा एमालेलाई भोट : सुरेन्द्र विष्ट (भिडियो सहित)


कञ्चनपुर : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सफल पार्न गठबन्धनदल नेकपा एमाले र राप्रपाकाले कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधी सभाका सयुक्त उम्मेदवार निरु पाल र कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभा उम्मेदवार सुरेन्द्र बिष्टले दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा आम सभा गरेका छन् ।

‘यो निर्वाचन केवल निर्वाचनको लागि मात्र नभई मुलृकलाई समृद्धिको यात्रामा लैजानका लागी हो । उमेदवार विष्टले जनताका समस्या समाधान र यस क्षेत्रको विकास गर्न आफु उमेदवार भएको बताए । पार्टीले एजेण्डाका रुपमा अघि सारेको समृद्ध नेपाल सुखी नेपाली नारालाई पुरा गर्नको लागि आफु र आफ्नो पार्टी जनता सामु आएको उनको भनाइ छ । विकास गाँउबाट हुनु पर्छ गाउँबाट विकास भएमात्र मुलकको विकास हुने’ उमेदवार विष्टले भने ‘निर्वाचनमा आफ्नो पार्टी सफल भएमा कञ्चनपुर स्थित दोधारा चाँदनी र भीमदत्तलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने आफनो योजना रहेको र अब विकासको सुर्य पश्चिम बाट उदाउने भएकोले त्यो सुर्य दोधारा चाँदनीबाट शुरुवात हुने मा आफु ढुक्क रहेको बताए’ । आधारभुत स्वास्थ्यको समस्या समाधान गर्नु पर्नेछ ।

‘शैक्षिक समस्या समाधान गर्नु पर्नेछ । जिवन उपयोगी शिक्षा अहिलेको आवश्यकता हो । कुतीयाकवर देखी खैयरभट्टी सम्म विकास आवश्यक छ । त्यो विकासका लागी जनताले एमालेका उमेदवारलाई मतदान गर्नेमा आशावादी रहेको’ उमेदवार विष्टले बताए ।


ताजा समाचार

spot_img