कञ्चनपुर : आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका १५ राजनीतिक दलका उम्मेदवार सहित स्वतन्त्र,बागी उम्मेदवार चुनावी अभियानमा होेमिएका छन । चुनावी एजेण्डा लिएर जनताको घरदैलोदेखि सम्पर्क कार्यालय खोलिरहेका छन । निर्वाचन क्षेत्र ३बाट प्रतिनिधी सभा सदस्यमा स्वतन्त्र आफै पार्टीका आधिकारिक उम्मेदवार रमेश लेखक बिरुद्धमा बागी दिएका काँग्रेस नेता दिपक बहादुर सिहले निर्वाचन क्षेत्रमा सम्पर्क कार्यालय खोल्ने काम जारी राखेका छन ।
भीमदत्त नगरपालिका १८ जानकी टोलमा मुख्य सम्पर्क कार्यालय खोलेका सिहले भीमदत्त नगरपालिका २ उल्टाखाम स्थित निर्मला पन्तको घरमा समेत सम्पर्क कार्यालय खोलेका छन । पाँच बर्ष अघि बलात्कार पछि हत्या गरिएकी १३ बर्षिया निर्मला पन्तको घरमा स्वतन्त्र उम्मेदवार सिहले सम्पर्क कार्यालय खोलेका हुन ।

सिहले ‘पटक पटक होईन एक पटक राजनीति सेवा हो, पोशा होईन’नारा नै अघि सारेर निर्मला पन्तको घरमा सम्पर्क कार्यालय खोलेका हुन । स्वतन्त्र उम्मेदवार सिहका कार्यकर्ता रविन्द्र तिवारीले उम्मेदवार सहितले स्व. निर्मला पन्तको घरमा सम्पर्क कार्यालय खोलेको बताए । ‘उहाँ उम्मेदवार ज्यूले निर्मलाको न्यायकै लागि निर्मला जन्मेकै घरमा सम्पर्क कार्यालय खोलेको हुनुपर्छ, ‘तिवारीले भने, ‘यस क्षेत्रमा चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय खोलेका हुन ।’ स्वतन्त्र उम्मेदवार सिहले बलात्कार पछि बिभत्स हत्या गरिएकी निर्मलाको न्यायका लागि लड्ने सिहले बताएका छन । निर्मलाको न्याय भन्दा पनि केही राजनीतिक दल, नेता डलरवादीले स्वार्थका लागि आन्दोलन गरेको बताउदै सिहले वास्तविक न्यायका लागि संघर्ष गर्ने प्रण गरेका छन ।







