डाेटी: डोटीको जोराइलमा आयोजना गरिएको सत्ता गठबन्धनको चुनाबी सभालाइ सम्बोधन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले गठबन्धनका उम्मेदवारहरुलाइ अत्यधिक बहुमतले बिजयी गराइदिन अपील गर्नुभएको छ । बिशिष्ट परिस्थितीमा बाम लोकतान्त्रीक गठबन्धन निर्माण भएको भन्दै दुइ दुइ चोटी संबिधान कुल्चिदा यसै गठबन्धनले जोगाएको उहाको भनाइ रहेको थियो । जनताको जनजिविकाका हरेक सवाल संगै समग्र विकास निर्माणको नया खाका सहित र राष्ट्रको माग सहित अहिलेको गठबन्धन आएको भन्दै निर्धक्क भएर गठबन्धनका उम्मेदवारहरुलाइ विजय गराइदिन उहाले आम जनतासंग अपील गर्नुभएको छ ।

नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य समेत रहनुभएका प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार प्रेम आलेले सबै जनताहरुको हक अधिकार सुनिश्चित यहि गठबन्धनले गर्ने भन्दै आफुहरु पुर्ण खाका जनताको माझमा आएकाले अब कुनै भ्रममा पर्न नहुने बताउनुभएको छ । नेकपा माओवदी केन्द्रका केन्द्रिय सदस्य समेत रहनुभएका प्रदेश सभा सदस्य पदमा उम्मेदवार शिव सिह ओलीले जनताको सेवकको रुपमा आफुहरुले काम गर्ने भन्दै बाम लोकतान्त्रीक गठबन्धन नै जनताको सच्चा पहरेदारको रुपमा रहेको बताउनुभएको छ । याहाका जनताका हरेक समस्या संग परिचित रहेको भन्दै उहाले आफु्हरु विजय पश्चात पनि जनताको साथमै रहेर यस भेगका समस्या समाधान गर्ने र विकासका कामहरु गर्ने बताउनुभएको छ ।







