कञ्चनपुर: जिल्लाको सदरमुकाम महेन्द्रनगर सेभेन साईट फुटबल प्रतियोगिता २०७९ को च्याम्पियन दोधारा चादँनि बनेक छ।
रोयल गोर्खाज स्पोर्ट्स सर्कलको आयोजनामा कार्तिक १ गते देखि महेन्द्रनगर स्थित खुलामञ्चमा आयोजना गरिएको रोयल गोर्खाज कप सेभेन साईट फुटबल प्रतियोगिता २०७९ को आज एक कार्यक्रमका साथ समापन भएको हो।

सनिवार भएको फाइनल खेल दोधारा चादँनी के एफ सि र सिद्धबिनायक क्लब बिच भएको प्रतिस्पर्धात्मक खेलमा सिद्धबिनायक क्लब लाई दोधारा चादँनिले १-० गोलको अन्तरले हराउदै उपाधी रक्षा गरेको हो। पहिलो हाफको निर्धारित समयमा बराबरी भएको खेलमा दोस्रो हाफको ३२ औं मिनेटमा दोधारा चादँनी के एफ सि को तर्फबाट जर्सी नम्बर १९ का महेश रानाले गोल गर्दै टिमलाई अग्रता दिलाए र त्यही गोल नै निर्णायक बन्न पुग्यो। दोधारा चादँनी के एफ सि ले ५० हाजर ट्रफी प्रमाणपत्र मेडल हात पारेको छ। भने प्रतियोगिताको उपविजेता बन्दै सिद्धबिनायक टिमले २५ हजार ट्रफी ,प्रमाणपत्र मेडल चित्तबुझाएको छ।

प्रतियोगिताको तेस्रो स्थानको लागि आज नै भएको खेलमा ज्ञान भण्डारले टाइगर ल्याण्ड ३-२ गोलक अन्तरले हराउदै तेस्रोको उपाधी १० हजार ट्रफी प्रमाणपत्र ,मेडल हात परेको छ।
विभिन्न विधामा प्रतियोगिताको दयमान खेलाडी ज्ञान भण्डारका जर्सी नम्बर ७ का अभिनाष ऎडि बने उनले २५ सय ट्रफी प्रमाणपत्र हात पार्न सफल भए।



उत्कृष्ट डिफेन्स ,दोधारा चादँनि के एफ सि का जर्सी नम्बर ५ का सुमन सारु मगर , उत्कृष्ट गोलरक्षक सिद्धबिनायक क्लबका जर्सी नम्बर १ का लेकेश बडु , प्रतियोगिताको सर्वाधिक गोलकर्ता टाइगर ल्याण्डका जर्सी नम्बर ७ का गजेन्द्र बिष्ट चुनिए उनले समान तीन-तीन हजार ट्रफी मेडल प्रमाणपत्र पुरस्कार पाएका छ्न्।
प्रतियोगिता को उत्कृष्ट खेलाडी सिद्धबिनायका क्लब जर्सि नम्बर ६ का साहित्य भट्ट ले हात पारेका छन् ।
उनले ५ हजार प्रमाणपत्र मेड ट्रफि पुरस्कार जितेको प्रतियोगिता संयोजक मन बहादुर चन्द बताउनु भयो । उक्त प्रतियोगितामा जिल्लाका टिम कञ्चन समाज , आदर्श नेपाल,सिद्धबिनायक क्लब ,रोयल गोर्खाज,ज्ञान भण्डार , द हन्रेट क्लब , कटान युवा क्लब ,सिद्धार्थ युवा क्लब बेलडाँडी वडा न.५ झिलमिला ,टाईगर ल्याण्ड र दोधारा चादनी के एफ सि गरि १० टिमको सहभागिता रहेको थियो ।











