स्वदेशमा युवाहरुलाई रोजगारी र लागुऔषध नियन्त्रण मेरो प्राथमिकता स्वतन्त्र उम्मेदवार हरिना भट्ट


कञ्चनपुर : कन्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार हरिना भट्टले युवा युवतीलाई स्वदेशमा नै उत्पादनमुखी रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । अाधुनिक कृषि को बिकास, कलकारखाना स्थापना गरी युवाहरुलाई रोजगारी सिर्जना गर्ने स्वतन्त्र उम्मेदवार भट्टले बताएकी हुन्।

निर्वाचित भए पछि अाफुले पाउने तलब भत्ता विविध किसिमबाट पिछडिएका शोषित पीडित एकल महिला लाइ वितरण गर्ने भट्टको योजना छ । जनसरोकार वाला कार्यालयमा भइरहेको भ्रष्टाचार, ढिलासुस्ती बिरुद्ध अावाज उठाउने अख्तियारको सदुपयोग कार्यान्वयन तर्फ कदम चाल्ने स्वतन्त्र उम्मेदवार भट्टले बताएकी छन्। हार्मोनियम चुनाव चिन्हमा मत माग्न भट्ट अाफना एजेण्डा सहित निर्वाचन क्षेत्रमा घरदैलो अभियान गएकी छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img