कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार दुर्गादत्त पाण्डेले आफ्नो उम्मेदवारी राष्ट्रियता रक्षादेखि सुदूरपश्चिमको कृषि र स्वास्थ्य सुधारका लागि भएको बताएका छन ।
हाम्रो नेपाल पार्टी लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका पाण्डेले कृषि र स्वास्थ्य क्षेत्र सुधारका लागि आफ्नो उम्मेदवारी रहेको बताएका हुन् । उनले यस अघि प्रजातान्त्रिक धारलाई सहयोग गरेपनि जनअपेक्षा अनुरुप काम गर्न नसकेपछि ‘हाम्रो नेपाली पार्टी’बाट लौरो चुनाव चिन्ह लिएर मैदानमा होमिएको बताए ।
उनले वर्तमान राजनीतिक अवस्थाबाट मुलुकको समुन्नती र विकास नहुने बताउदै युवा पुस्तालाई राजनीतिक नेतृत्व दिनुपर्नेमा जोडदिए । क्षेत्र १मा चुनावी प्रचारप्रसार जारी राखेको बताउदै उनले मतदाताले पुराना दल भन्दा आफुलाई चुन्ने बताए ।







