रोयल गोर्खाज कप सेभेन साईट फुटबल प्रतियोगिता : फाइनल खेल आज

 उपाधी रक्षाका लागि दोधारा चादनी के एफ सि र सिद्धबिनायक युवा क्लब भिड्ने


 कञ्चनपुर: जिल्लाको सदरमुकाम महेन्द्रनगर सेभेन साईट फुटबल प्रतियोगिता २०७९ को आज फाइनल खेल संगै समापन हुनेछन् ।

रोयल गोर्खाज स्पोर्ट्सको आयोजनामा महेन्द्रनगर स्थित खुलामञ्चमा रोयल गोर्खाज कप सेभेन साईट फुटबल प्रतियोगिता २०७९ मा आज फाइनल खेल संगै समापन कार्यक्रम रहेको प्रतियोगिता संयोजक मन बहादुर चन्द बताउनु भयो । उनका अनुसार शुक्रबार भएको पहिलो सेमिफाइनल दोधारा चादनी के एफ सि र ज्ञान भण्डार बीच दिउँसो ३:३० बजे भएको थियो जसमा ज्ञान भण्डार लाई दोधारा चादनी के एफ सि २-० गोलले ज्ञान भण्डार लाई हराउदै फाइनल प्रवेश गरेको हो। यसैगरी दोस्रो सेमिफाइनल सिद्धबिनायक क्लब को सामना टाईगर ल्याण्ड बीच ४:३० बजे साझ महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल भएको थियो। जसमा सिद्धबिनायकले टाईगर ल्याण्ड ४-० गोल अन्तरले हराउदै फाइनलको स्थान सुरक्षीत गरेको हो।प्रतियोगिताको फाइनल खेल आज ३:०० बजे महेन्द्रनगरको खुलामञ्चमा हुने छ। भने सेमिफाइनलमा पराजित हुने दुई टिमले आज तेस्रो स्थानको लागि दिउँसो १ बजे प्रतिस्पर्धा गर्ने छन् ।

उक्त प्रतियोगितामा जिल्लाका टिम कञ्चन समाज , आदर्श नेपाल,सिद्धबिनायक क्लब ,रोयल गोर्खाज,ज्ञान भण्डार , द हन्रेट क्लब , कटान युवा क्लब ,सिद्धार्थ युवा क्लब बेलडाँडी वडा न.५ झिलमिला ,टाईगर ल्याण्ड र दोधारा चादनी के एफ सि गरि १० टिमको सहभागिता रहेको छ। खेल दुई समुहमा विभाजन गरि नकआउट आधारमा संचालन भैरहेको छ। प्रतियोगिताको प्रथम टिमले ५० हजार ,दोस्रो हुने टिमले २५ हजार , तृतीयले १० हजार ट्रफी , प्रमाणपत्र र मेडल र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट गोलरक्षकले ३ हजार ,उत्कृष्ट डिफेन्सले ३ हजार , सर्वाधिक गोलकर्ताले ३ हजार र प्रतियोगिताको उदयमान खेलाडी लाई २५ सय पुरस्कारको व्यवस्था रहेको छ।


ताजा समाचार

spot_img