महेन्द्रनगर:कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा चाडपर्वले खेलकुद मा रौनकता ल्याएको छ।

गौरा पर्व ,विजया दशमी सकिदै गर्दा शुभ दिपावलीको अवसर पारेर बेलडाँडी गाँउपालिका वडा न. १ सिद्धचोकमा खुला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

प्रगति एकता समाजले सोमबार(कार्तिक ७)देखि एक कार्यक्रमको आयोजना गर्दै खुला भलिबल प्रतियोगिता संचालन गर्न लागेको प्रगति एकता समाजका अध्यक्ष धनसिह विष्ट बताउनु भयो।
उनले भने, ‘ ग्रामीण खेलकुद क्षेत्रको विकास , स्वस्थ्य शरिरको निर्माणमा र भाइचाराको भावनाको विस्तारमा आयोजनाले टेवा पुर्याउने उद्देश्यले विगतका बर्षहरुझै यस बर्ष पनि खुला पुरुष भलिबल प्रतियोगिता -२०७९ आयोजना गरिएको हो। प्रतियोगितामा प्रथम हुने टिमलाई ३५, दोस्रो टिमलाई २५ र तेस्रो टिमलाई ११ हजार नगद सहित ट्रफि प्रमाणपत्र मेडल पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका लागि आवश्यक तयारीका काम भईरहेको छ।








