कञ्चनपुर: जिल्लाको सदरमुकाम महेन्द्रनगर सेभेन साईट फुटबल प्रतियोगिता २०७९ को सेमिफाइनलका संस्करण आज हुनेछन् ।

रोयल गोर्खाज स्पोर्ट्सको आयोजनामा महेन्द्रनगर स्थित खुलामञ्चमा रोयल गोर्खाज कप सेभेन साईट फुटबल प्रतियोगितामा आज सेमिफाइनलका खेल हुने प्रतियोगिता संयोजक मन बहादुर चन्द बताउनु भयो । उनका अनुसार पहिलो खेल दोधारा चादनी के एफ सि संग ज्ञान भण्डार दिउँसो ३:३० बजे र दोस्रो सेमिफाइनल सिद्धबिनायक क्लब को सामना टाईगर ल्याण्ड बीच ४:३० बजे साझ महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने छन् । उक्त दुई खेलमा जित निकाल्ने टिम प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने छन् । भने सेमिफाइनलमा पराजित हुने दुई टिमले तेस्रो स्थानको लागि कार्तिक ५ गते सनिवार दिउँसो १ बजे प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा जिल्लाका टिम कञ्चन समाज , आदर्श नेपाल,सिद्धबिनायक क्लब ,रोयल गोर्खाज,ज्ञान भण्डार , द हन्रेट क्लब , कटान युवा क्लब ,सिद्धार्थ युवा क्लब बेलडाँडी वडा न.५ झिलमिला ,टाईगर ल्याण्ड र दोधारा चादनी के एफ सि गरि १० टिमको सहभागिता रहेको छ।
खेल दुई समुहमा विभाजन गरि नकआउट आधारमा संचालन भैरहेको छ। प्रतियोगिताको प्रथम टिमले ५० हजार ,दोस्रो हुने टिमले २५ हजार , तृतीयले १० हजार ट्रफी , प्रमाणपत्र र मेडल र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट गोलरक्षकले ३ हजार ,उत्कृष्ट डिफेन्सले ३ हजार , सर्वाधिक गोलकर्ताले ३ हजार र प्रतियोगिताको उदयमान खेलाडी लाई २५ सय पुरस्कारको व्यवस्था रहेको छ। प्रतियोगिताको फाइनल भोलि कार्तिक ५ गते सनिवार दिउँसो ३ बजे महेन्द्रनगरको खुलामञ्चमा हुने छ।