कञ्चनपुर: जिल्लाको सदरमुकाम महेन्द्रनगर सेभेन साईट फुटबल प्रतियोगिता २०७९ को उद्धघाटन खेलमा ज्ञान भण्डारले विजय सुरुवात गरेको छ।

रोयल गोर्खाज स्पोर्ट्सको आयोजनामा महेन्द्रनगर स्थित खुलामञ्चमा रोयल गोर्खाज कप सेभेन साईट फुटबल प्रतियोगिताको विविध कार्यक्रमका साथ कार्तिक १ गते उद्धघाटन भएको प्रतियोगिता संयोजक मन बहादुर चन्द बताउनु भयो । उनका अनुसार उद्धघाटन खेलमा ज्ञान भण्डार महेन्द्रनगर र सिद्धार्थ युवा क्लब बेलडाँडीका बिच भएको प्रतिस्पर्धात्मक खेलमा ३-२ गोलको अन्तरले ज्ञान भण्डार महेन्द्रनगर संग सिद्धार्थ युवा क्लब पराजित हुन पुग्यो ।

प्रतियोगिताको दोस्रो दिन आज तीन वटा खेल हुनेछन् । पहिलो खेल कञ्चन समाज र सिद्धबिनायक क्लब बिच बिहान ८ बजे, दोस्रो खेल दोधारा चादनी के एफ सि र द हन्रेट क्लब बीच दिउँसो ३:३० बजे र उक्त दिनको अन्तिम अर्थात तेस्रो खेल न्यू कटान युवा क्लब महेन्द्रनगर र टाईगर ल्याण्ड क्लब बिच दिउँसो ४:३० बजे महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने छन् ।

उक्त प्रतियोगितामा जिल्लाका टिम कञ्चन समाज , आदर्श नेपाल,सिद्धबिनायक क्लब ,रोयल गोर्खाज,ज्ञान भण्डार , द हन्रेट क्लब , कटान युवा क्लब ,सिद्धार्थ युवा क्लब बेलडाँडी वडा न.५ झिलमिला ,टाईगर ल्याण्ड र दोधारा चादनी के एफ सि गरि १० टिमको सहभागिता रहेको छ।
खेल दुई समुहमा विभाजन गरि नकआउट आधारमा संचालन हुने छ। प्रतियोगिताको प्रथम टिमले ५० हजार ,दोस्रो हुने टिमले २५ हजार , तृतीयले १० हजार ट्रफी , प्रमाणपत्र र मेडल र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट गोलरक्षकले ३ हजार ,उत्कृष्ट डिफेन्सले ३ हजार , सर्वाधिक गोलकर्ताले ३ हजार र प्रतियोगिताको उदयमान खेलाडी लाई २५ सय पुरस्कारको व्यवस्था रहेको छ।












