प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगिताको आयोजना हुने

 मनकामना युवा क्लबले चौथो प्रदेश क्लब स्तरीय महिला /पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ को आयोजना गर्ने


 कञ्चनपुर : सुदूरपश्चिम प्रदेशको चर्चित ख्यातिप्राप्त क्लबले प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।No description available.खेलकुद क्षेत्रको बिकास र खेलाडी उत्पादनको लागि प्रदेशको नमुना मुखी मनकामना युवा क्लब धनगढी उपमहानगरपालिका वडा न.१२ जुगेडाले ” स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद ,समाजको लागि खेलकुद” भन्ने मुल नाराका साथ कार्तिक १५ गते देखि चौथो प्रदेश क्लब स्तरीय महिला / पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ को आयोजना हुने मनकामना युवा क्लबका अध्यक्ष कृष्ण राज पाण्डेले बताउनु भयो। No description available.उनका अनुसार मनकामना युवा क्लबले प्रतियोगिताको आयोजना ,संरक्षकहरु कैलाली जिल्ला फुटबल संघ ,सुदूरपश्चिम प्रदेश फुटबल संघ ,सुदूरपश्चिम प्रदेश खेलकुद परिषद र प्रवर्द्धक धनगढी उपमहानगरपालिका कार्यालय र वडा न.१२ वडा कार्यालय धनगढी रहने छन् ।No description available.

प्रतियोगितामा सहभागी हुने टिमले कार्तिक ८ गते सम्म क्लबले निर्धारण गरेको कृषि विकास बैंक खातामा टिम दर्ता शुल्क जम्मा गर्नु पर्ने छ । कैलाली जिल्ला फुटबल संघका निवर्तमान कोषाध्यक्ष एवं मनकामना युवा क्लबका निवर्तमान अध्यक्ष डबल बहादुर थापाले जानकारी दिनु भयो। No description available.टिम दर्ता शुल्क पुरुष टिमका लागि ७ हजार १ सय, महिला टिमका लागि ५ हजार १ सय र भेट्रान फुटबल टिमको लागि दर्ता शुल्क १० हजार जम्मा गर्नु पर्ने थापाले बताए। उनले भने’ भेट्रान फुटबल टिमको लागि उमेर हत तोकिएको छ , जसमा वि.स.२०४१ सालमा जन्म भएको नागरिकता अनिवार्य ल्याउनु पर्ने छ।’No description available.

प्रतियोगितामा पुरुष तर्फ विजेता हुने टिमले १ लाख १ हजार, उपविजेता टिमले ५१ हजार १ सय , महिला समुह तर्फ विजेता टिमले ५० हजार ,उपविजेता टिमले ३५ हजार ट्रफी ,प्रमाणपत्र र मेडल हात पार्ने छन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता ,अनुशासित टिमलाई समेत पुरस्कार को व्यवस्था रहेको छ। यसैगरी प्रतियोगितामा भेट्रान तर्फ विजेता हुने टिमले ७१ हजार र उपविजेताले ३५ हजार हात पार्ने छन् । भने उक्त विधा समूह भेट्रान फुटबलमा उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता ,अनुशासित टिमलाई समेत पुरस्कार को व्यवस्था रहेको आयोजकले बताए।No description available.No description available.


ताजा समाचार

spot_img