लोकतान्त्रिक पुर्व कर्मचारी संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


कञ्चनपुर : लोकतान्त्रिक पुर्व कर्मचारी संघ जिल्ला तदर्थ समिति कन्चनपुरले बिजया दशमी तथा शुभ दिपावली,छठ पर्व २०७९ को अवसरमा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
अाइतबार समितिका अध्यक्ष गौराज बहादुर लिम्बूको सभापतित्व तथा, नेपाली कांग्रेस जिल्ला सचिव भीमराज भट्टको प्रमुख अातिथ्यतामा कार्यक्रम अायोजना गरिएको हो। बिसिष्ट अथितिमा नरबहादुर सावद, पदमराज जोशी लगायतको उपस्थिति रहेका थिए।
विभिन्न कार्यालयबाट सेवा निवृत्त तथा अवकाश प्राप्त पुर्व कर्मचारीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा सहभागी भएका सबै पुर्व कर्मचारीहरुले शुभकामना आदानप्रदान व्यक्त गरेका थिए। प्रमुख अतिथी भीमराज भट्टले राष्ट्रसेवक कर्मचारीबाट सेवा निवृत्त पछि अाफनो अनुभव र क्षमताको सहि सदुपयोग गर्दै संघको कार्यक्रम सन्चालनका लागि सल्लाह सुझाव दिन आग्रह गरेका थिए। कार्यक्रमका सभापति गौराज बहादुर लिम्बूले लोकतन्त्र स्थापनाको लागि संघको स्थापना भएको हो । त्यसैले संघमा सबै पुर्व सेवा निवृत्त कर्मचारीहरु लाई जोडिन अनुरोध गरेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img