कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न भएको छ । हिन्दु स्वयमसेवक संघ नेपालले आयोजना गरेको प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न भएको हो । शनिबार एक कार्यक्रमका विच तालिम समापन गरिएको छ ।
भीमदत्त नगरपालिका १८ गोबरैया स्थित निङलाशैनी माध्यामिक विद्यालयको प्राङगणमा संचालन भएको थियो । हिन्दु स्वयमसेवक संघ नेपालका सह कार्यबाहक हर्केश विष्टले किशोर युवाहरुलाई आर्दशवान बनाउन र आफ्नो धर्म संस्कृति संस्कारलाई निरन्तरता दिनका लागि तालिम संचालन गरिएको बताए । हिन्दु अगुवा प्रमोद जाजोदियाले युवाहरुलार्ई समाजप्रति नैतिकवान बनाईने तालिम सिकाईएको बताए ।
हिन्दु स्वयमसेवक संघका संघचालक लोक बहादुर ठगुराठी, प्रमुख वता रेवती कुमार, सेनाका पुर्व अधिकृत प्रचण्ड चन्द, धर्म जागरण प्रमुख देवी भारती, वर्गाअधिकारी निरन्जन प्रशाद भट्ट सहितको उपस्थितिमा समापन भएको कार्यक्रमको संचालन हिन्दु अभियन्ता युवा प्रदिप पालले गरेका थिए । तालिममा कञ्चनपुरका जिल्लाभरीका किशोर युवाको सहभागिता रहेको थियो ।







