बेलडाँडीमा देउवा पक्षको उदय महाकाली सिँचाई दोस्रो चरणमा देउवा पक्षका नेता कुँवर निर्वाचित


कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा नेपाली काँग्रेस देउवा (संस्थापन पक्ष)को उदय भएको छ । काँग्रेस कोईराला पक्षको दवदवा रहेको बेलडाँडीमा यस पटक कोईराला पक्षलाई पछारिएको छ । काँग्रेस बेलडाँडीमा पार्टी भित्र र बाहिर हरेक क्षेत्रमा संघ संस्थामा कोईराला पक्षकै नेता कार्यकर्ता हावि थिए, तर यस पटक भने देउवा पक्षको उद्य भएको छ । महाकाली सिँचाई जल उपभोक्ता संघ दोस्रो चरण क्षेत्रीय समिति बेलडाँडी नयाँ कार्य समिति चयनका लागि भएको निर्वाचनमा यस पटक देउवा पक्षका नेता गोपाल सिह कुँवर निर्वाचित भएका छन ।

कुँवर देउवा पक्षका नेता भएकाले उनलाई हरेक पार्टीका आन्तरिक तथा बाह्य कार्यक्रममा फरक गुट भन्दै अवसरबाट बञ्चित गराँउदै आएका थिए । तर, यस पटक भने कुवर महाकाली सिँचाई दोस्रो चरणमा निर्वाचित भएका छन । कुँवरले अन्य फरक पार्टीका नेता भन्दा पनि काँग्रेस कोईराला पक्षकै नेता हर्कदेव जोशीलाई भारी मतले हराएका छन । निर्वाचन समितिका अनुसार कुँवरले आफ्ना प्रत्यासी हर्कदेव जोशीलाई १४मतको अन्तरले हराएका छन । कुँवरले ३४ र जोशीले २०मत ल्याएका थिए । कुल मतदाता ५६ रहेका थिए । जसमध्ये पुरै मत खसेका थिए । लामो समयदेखि सिँचाई, राजनीतिक, व्यवसायीक एव समाजिक क्षेत्रमा कार्यरत कुँवर यस पटक महाकाली दोस्रो चरणको जिम्मेबारी पाएका छन ।

अध्ययनले पशु स्वास्थ्य अध्ययन गरेका कुवरलाई सर्वत्र पक्षबाट सहयोग लिेको थियो । महाकाली सिँचाई दोस्रो चरण क्षेत्रीय समितिमा नव निर्वाचित अध्यक्ष गोपाल कुँवरले आम किसानका सिँचाईका समस्या समाधान गर्न पहल गर्ने बताए । आफ्नो क्षेत्रमा रहेका किसानका समस्या समाधान गर्ने बताए । यसैविच उपाध्यक्षमा हिरालाल चौधरी निर्वाचित भएका छन । चौधरीले आफ्ना प्रतिस्पर्धी खेमराज भट्टलाई २१मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । चौधरीले ३७ र भट्टले १६मत पाएका थिए । यस अघि अन्य पदाधिकारी सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।


ताजा समाचार

spot_img