नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण


कञ्चनपुर : नेपाल पत्रकार महासंघले पछिल्लो समय नेपलमा घटेका विकसित राजनितीक घटनाक्रमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुधबार एक बिज्ञप्ति निकाल्दै महासंघले ध्यानाकर्षण भएको जनाएको हो।

महासंघले जननिर्वाचित संविधान सभाबाट जारी भएको नेपालको संविधान सबैले अक्षरश: पालना गर्नुपर्छ भन्ने पक्षमा महासंघ सधै उभिदै आएको बताएको छ।

संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संबैधानिक सर्बोच्चता कायम गर्ने बिसयमा सधै क्रियाशील रहदै आएको महासंघको भनाई छ। महासंघले संविधानले निर्दिष्ट गरेको सिमा र मर्यादाभित्र रहि सबै पक्षले संबैधानिक व्यवस्थाहरुलाई पुर्णतः पालना गर्नुपर्दछ भन्ने कुरालाई विशेष जोड दिन चाहेको बताएको छ।

साथै महासंघले पछिल्ला राजनितीक घटना क्रमलाई संबैधानिक विधिबाट निकास दिई कुनै प्रकारको द्वन्द उत्पन्न हुन नदिनतर्फ जिम्मेवार बन्न सम्बन्धित पक्षहरुलाई आग्रह गरेको महासंघका महासचिव रोशन पुरिले बिज्ञप्तिमार्फत जनाएका छन।


Loading Viewer...

ताजा समाचार

spot_img