कञ्चनपुर : गौरा देवी सांस्कृतिक सेवा समिति कञ्चनपुरले आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । १४ औं वार्षिक साधारण सभाको उपलक्ष्यमा गौरा देवी सांस्कृतिक सेवा समितिलाई सहयोग गर्दै आईरहेका भक्तजन तथा श्रद्धालुहरुलाई आजिवन सदस्यता प्रमाण पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

‘आउदा दिनहरुमा पनि यस समितिलाई सहयोग गर्ने सबैलाई सम्मान गर्ने’ समितिका अध्यक्ष राजेन्द्र के.सीले बताउनु भयो । ‘गौराको नाममा हुने विकृतीलाई पनि सबै मिलेर रोक्नु पनर्’े प्रमुख अतिथिी दुर्गा दत्त बोहराले बताउनु भयो । ‘देउडा खेल खेलाएर हामीले गौरा पर्व देखायौ भन्नु कतिको उचित हो’ बोहराले भन्ने ‘गौरा पर्व सुदूरपश्चिमेलीहरुको महत्वपुर्ण पर्व भएकोले यसलाई हामी सबैले परम्परागत ढंगले मनाउनु पर्दछ विदेशीहरुको सिको गरेर यसमा विकृती ल्याउनु हुदैन ।’

गौरा देवी सांस्कृतिक सेवा समितिको आर्थिक प्रतिवेदन समितिका कोषाध्यक्ष विष्णु दत्त जोशीले गर्नु भएको थियो भने वार्षिक प्रतिवेदन सचिव मदन राज जोशीले गर्नु भएको थियो ।

गौरा देवी साँस्कृतिक सेवा समितिका अध्यक्ष राजेन्द्र के.सी.को सभापत्विमा भएको कार्यक्रममा जिल्ला समन्वय समित कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्य रहेको थियो, विशिष्ट अतिथीमा वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्द, महेन्द्र मा.विका प्रचार्य ललित बहादुर सावद रहनु भएको थियो भने कार्यक्रम सञ्चालन समतिका सचिव मदन राज जोशीले गर्नु भएको थियो ।






