राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको अन्तक्र्रिया कार्यक्रम सम्पन्न


कञ्चनपुर : राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुुरले संविधान दिवकासको अवसर पारेर संविधानमा जेष्ठ नागरिकका हकहित, अधिकार, कर्तव्य र सहुलियत सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला समन्वय समितिको हलमा भएको राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको अन्तत्र्रिmया कार्यक्रममा जेष्ठ नागरिकका हकहित, अधिकार, कर्तव्य र सहुलियत सम्बन्धी छलफल भएको थियो । आफ्नो हक अधिकार कसैले हनन् गर्न खोजेमा त्यसको लागि कानुनी उपचार गर्नको लागि कसरी पहल गर्ने सम्बन्धमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द सिह विष्टले प्रष्ट पार्नु भएको थिए ।

मंगलबार भएको राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको अन्तक्रिया कार्यक्रमको अध्यक्षता जेष्ठ नागरिक समाज नेपालका जिल्ला कार्य समितिका अध्यक्ष धन बहादुर खडायतले गर्नु भएको थियो, प्रमुख अतिथीमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द सिंह विष्ट रहनु भएको थियो भने कार्यक्रम सञ्चालन गम्भीर सिह विष्टले गर्नु भएको थियो ।

 


ताजा समाचार

spot_img