कञ्चनपुर : कञ्चनपुर प्रहरीले अवैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले महेन्द्रनगर बसपार्क क्षेत्रबाट भारतबाट चोरी तस्करी गरेर ल्याएको समान बरामद गरेको छ । भन्सारबाटै सेटिङ्गमा तस्करी भएर महेन्द्रनगर बजार पुगेको अवैध समान प्रहरीले बरामद गरेर भन्सारमा बुझाएको छ ।

पशु आहारा, प्याजको बिउ, नुवान विषादी सहितका १ लाख ६४ हजार ८सय बरामबरको समान बरामद गरेर भन्सार बुझाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रवक्ता चक्र बहादुर शाहले बताए । यसैविच कञ्चनपुर प्रहरीले लागु औषध सहित दुई जना युवकलाई समेत पक्राउ गरेको छ ।

बेलौरी नगरपालिका २ बैजुडाँडा स्थित से७प ४४११को पल्लरमोटरसाईकलमा सवार गोदाबरी नगरपालिका ५ गेटाका मदन बहादुर चन्द र सागर रावतलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २१.९९ग्राम लागु औषध खैरो हेराईन बरामद गरि थप कार्बाही प्रकृया अघि बढाएको छ ।







