कञ्चनपुर : मुक्त हलिया, सशक्तिकरण (अधिकार) परियोजना अन्तर्गत मुक्त हलिया, महिला र अपाङ्गता भएका व्यक्तिहरुको मानवअधिकार उल्लङ्घनका मुद्दाहरु व्यवस्थापन सम्बन्धी २ दिने तालिमको आयोजना गरेको छ । तालिम असोज २ र ३ गते हुने छ । युरोपियन युनियनको आर्थिक सहयोग र सहायेगी संस्था फेल्म नेपाल, लुथरन विश्व फेडेरेशन नेपाल, तथा मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट)« नेपालको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

मानव अधिकार सम्बन्धी वकालत गर्दै आउनु भएका अधिवक्ता अच्युत आचार्य तथा काहुराष्ट्र नेपालका तथा मानवअधिकार कर्मी सरला महार्जन र क्रिष्टिना नकर्मी मुख्य प्रशिक्षिक रहनु भएको छ । मुक्त हलिया समुदाय, हलिया महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारको उल्लङ्घनको उजुरी तथा कारवाही सहजीकरण र घटनाहरुमा सत्य तथ्य खोज सम्बन्धी दुई दिने कार्यशालाको आयोजना गरिएका छ । कार्यक्रम सञ्चालन राष्ट्रिय हलिया मुक्ति समाजका अध्यक्ष सिवी लोहारले गर्नु भएको थियो ।

मुक्त हलिया परिवारलाई आफ्नो अधिकार सहित समुदायको अधिकार कसरी र कहाँबाट प्राप्त गर्न सकिन्छ । मानव अधिकार रक्ष गर्न र मानव अधिकार हनन हुन नदिनको लागि कसरी अधिकार प्राप्त गर्ने भन्ने बारे प्रशिक्षण दिन लागेको हो मानवअधिकार अधिवक्ता तथा पूर्वाचल विश्व विद्यालय र काठमाडौं स्कुल अफ ल का सह–प्रध्यापक अच्युत आर्चायले बताउनु भयो ।







