चाँदनी बजार ब्यवस्थापन समिति गठन : अध्यक्षमा बुढा थोकी


दोधारा । चाँदनी बजार ब्यवस्थापन समितिको अध्यक्षमा कृष्ण बहादुर बुढा थोकी चयन भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ अन्तर्गत संचालन हुने चाँदनी बजार ब्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत कृष्ण बहादुर बुढाथोकी चयन भएका छन् । उपाध्यक्षमा समित बस्नेत, कोषाध्यक्षमा सरस्वती पाँण्डे, सचिवमा यम बहादुर क्षेत्री, सदस्यमा पदम बहादुर राना, कौशिला दमाई, दिपा दमाई, गगन राना, प्रकाश सार्की, सरस्वती चन्द र बल बहादुर कुँवर गरि ११ सदस्यीय चाँदनी हाट बजार ब्यवस्थापन समिति सर्वसम्मत चयन गरिएको छ् ।

सल्लाहकारमा चन्दन सिंह थापा, कृष्ण प्रसाद जोशी, धनश्याम कार्की रहेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष भक्त बहादुर सुनारको अध्यक्षतामा बसेको भेलामा वडा नं. २ का वडाध्यक्ष पदम रावल लगाएत वडा सदस्य , ब्यापारी र स्थानियहरुको उपस्थिती रहेको थियो । चयन भएका चाँदनी बजार ब्यवस्थापन समितिका पदाधिकारीहरुलाई अबिर लगाई बधाई दिईएको थियो ।


ताजा समाचार

spot_img