धनगढी: छाडा चैपाया तथा गौ संरक्षणको लागि धनगढी -१२ मा गौसाला निर्माण हुने भएको छ।

बिहीबार धनगढी-१२ को सिद्द्नाथ सामुदायिक वन समुह र हनुमान बहेडाबा मन्दिर द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा गौसाला तथा गुरुकुल निर्माण गर्ने निर्णय भएको उपभोक्ता समितिका सचिब प्रमिला राइले बताउनु भयो।

प्रमुख अथिती गौ संरक्षण अभियानका स्वामी योगि पिताम्बर द्वारा भएको प्रवचन अन्तक्रिया कार्यक्रमको सभापतित्वमा रबिन्द्र बहादुर सिंह रहेका थिए भने बिशिस्ट अतिथिमा जनप्रतिनिधि वडा सदस्य काले रावल थिए।

