निर्माण व्यवसायमा देखिएको विकृती हटाउँदै व्यवसायीको हकहितका लागि काम गर्छु ः सचिव पदका उम्मेदवार चन्द


कञ्चनपुर : शनिबार निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । सहमती हुन नसकेपछि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन । निर्वतमान बरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी र पुर्व बरिष्ठ उपाध्यक्ष निरन्जन प्रशाद भट्ट दुई प्यानल चुनावी मैदानमा उत्रिएका हुन ।
अवस्थी प्यानलबाट युवा निर्माण व्यवसायी सुर्य बहादुर चन्द चुनावी मैदानमा उत्रिएका छन । यस अघि सदस्यको जिम्मेबारी निर्वाह गरिसकेका चन्द अहिले सचिव पदमा देखिएका हुन । महेन्द्रनगरका स्थानीय समेत रहेका चन्द विगत अढाई दशकदेखि निर्माण व्यवसायमा जुटेका छन ।
उनले निर्माण क्षेत्रका देखिएका बेथिति विकृती हटाउँदै आम निर्माण व्यवसायीको हकहितका लागि काम गर्ने एजेण्डा लिएका छन । ‘पछिल्ला बर्षहरुमा निर्माण क्षेत्रका पनि केही बेथिति देखा परेका छन, जसका कारण आम निर्माण व्यवसायीलाई घाटा भईरहेको छ, ‘चन्दले भने, ‘विद्यमान बेतिथि हटाउँदै आम निर्माण व्यवसायीको हकहितका लागि काम गर्छु ।’ पुराना, अनुभवी युवा निर्माण व्यवसायी भएकाले चन्दले आफ्नो पक्षमा साथसर्मथन जुटाईरहेका छन । जिम्मेबारी पाएको काम निर्भिकताका साथ पुरा गर्दै आएका युवा निर्माण व्यवसायी रहेका चन्दले जिल्लाका आम निर्माण व्यवसायीको हकहितका लागि काम गर्ने र स्वच्छ प्रतिस्पर्धा सहित विकास निर्माणका काममा थप उत्तरदायी बनाउने प्रतिबद्धता जोहर गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img