महाकाली साहित्य सङ्गम द्वारा गोरा महोत्सव २०७९ को अवसरमा अाज बिबिध कार्यक्रम गरिने


कञ्चनपुर : महाकाली साहित्य सङ्गमको कार्यक्रममा चिना रामले टाउकाेमा चिया पकाउने महाकाली साहित्य सङ्गम द्वारा गोरा महोत्सव २०७९ को अवसरमा आज बिबिध कार्यक्रम गरिने भएको छ। आज ११ बजे देखि भानु पाटी पैलेस महेन्द्रनगरमा सन्चालन हुने बृहत सांस्कृतिक प्रदर्शनीमा चिना राम नेपालीले टाउकोमा चिया पकाउने र खुकुरी नाच देखाउने सङ्गमका अध्यक्ष हरिश प्रसाद जोशीले बताए।

उक्त कार्यक्रममा बालकविता, पुरातात्विक महत्वका सामाग्री प्रदर्शन, गौरा बिषेश को प्रसाद बिरुडा वितरण हुनेछ। सङ्गम द्वारा अायोजना गरिएको यस पटक को कार्यक्रममा देउडिया परिचयात्मक कार्यक्रम, बाल कवि सम्मेलन सम्मान पुरुस्कार वितरण कला प्रदर्शन पुरातात्विक बस्तु ताम्रपत्र शिलालेख भोजपत्र, गरगहना का नमुनाहरू, पोथिपतरा चिठा,लिखत स्थानीय उत्पादित बस्तु भेषभुषा आदिको प्रदर्शनी गरिने अध्यक्ष जोशीले बताए । कार्यक्रममा सबै क्षेत्रका कलाकारहरुको सहभागीता रहने आयोजकको भनाइ छ।

सहभागी हुने बाल कविले आफ्नो रचना सहित सहभागी हुन अनुरोध गरेको छ। उक्त कार्यक्रममा कलाकारहरुले आफ्नो बिबिध कला प्रदर्शन गर्ने यसबाट सस्कृति जोगाउन थप सहयोग पुग्ने विश्वास लिएको सङ्गम का अध्यक्ष जोशीले बताउनु भयो ।


ताजा समाचार

spot_img