मधेशी कोटामा थारुलाई सिफारिस गरेको भन्दै काँग्रेस कञ्चनपुरका नेता रुष्ट


कञ्चनपुर: मधेशी कोटामा थारु नेताहरुलाई सिफारिस गरेको भन्दै काँग्रेस कञ्चनपुर मधेशी समुदायका नेता रुष्ट भएका छन । आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि मधेशी कोटामा थारु नेताहरुलाई सिफारिस गरेको भन्दै मधेशी नेताहरु रुष्ट भएका हुन ।

काँग्रेस कञ्चनपुर मधेशी नेता राम सोगारथ ठाकुरले मधेशी कोटामा केही थारु नेताहरु क्षेत्र ३बाट सिफारिस भएकाले उक्त खारेजी गराउन काँग्रेस केन्द्रीय सदस्य रामजनम चौधरीलाई ज्ञापन पत्र बुझाएका छन । काँग्रेस केन्द्रीय सदस्य चौधरीलाई ज्ञापन पत्र बुझाउँदै यस अघि पनि पार्टीको आन्तरिक महाधिवेशनमा समेत मधेशी कोटामा थारु नेताले कब्जा गरेको दुखेसो पोखेका छन । ज्ञापन पत्र बुझ्दै केन्द्रीय सदस्य चौधरीले अध्ययन गरिने बताएका छन ।


ताजा समाचार

spot_img