शुक्रबार महेन्द्रनगर खुलामञ्चमा माईलेज प्रतियोगिता हुने


कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा आउँदो शुक्रबार माईलेज प्रतियोगिता हुने भएको छ । हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालि र केएम इन्टरप्राईजेजको संयुक्त आयोजनामा माईलेज प्रतियोगिता हुने भएको हो ।
बजाज कम्पनीको माईलेज दिने मोटरसाईकल भनेकै प्लाटिना एक सय सिसी हो, भन्ने उपभोक्तामा सन्देश दिनका लागि माईलेज प्रतियोगिता आयोजना गरिएको । हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालि सिनियर म्यानेजर कपिलदेव बोकटीले बताए ।

उनका अनुसार उक्त दिन नयाँ मोटरसाईकल सहित चालक अनुमती प्राप्त व्यक्तिलाई प्रतियोगितामा सहभागि गराईने छ । सहभागि मध्ये प्रथम, दोस्रो र तेस्रोलाई उचित पुरस्कार प्रदान गरिनेछ । हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालि सिनियर म्यानेजर बोकटीले नेपालमा दुई दशकदेखि बजाज कम्पनीका मोटरसाईकल बिक्रि गर्दै आएको बताए । प्रतियोगिता आयोजना बारे आयोजित पत्रकार सम्मेलनमा केएम इन्टरप्राईजेजका प्रबन्ध निर्देशक किरोज मोहपाल, संचालक दिपेन्द्र प्रकास साउद सहितको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img