दोधारा । आउदो शनिवार दोधारा चाँदनी नगरपालिकामा आरोग्य शु–स्वास्थ्य शिविर संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ हेल्थपोष्ट नजिक रहेको आरोग्य मेडिकेयरले आउदो शनिवार दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित रहेको संसारीमाई सामुदायिक बनमा रहेको पार्कमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको आरोग्य मेडिकेयरले जनाएको छ् । स्वास्थ्य समस्या भएकाहरुलाई शिविरमा स्वास्थ्य परिक्षण गर्न सबैमा अनुरोध गरिएको छ् । उक्त शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा पुर्व डाक्टर तथा यस क्षेत्रको प्रख्यात डाक्टर गगन राज चौधरी लगाएत डाक्टरहरुले शिविरमा स्वास्थ्य परिक्षण गर्ने भएका छन् । डाक्टर चौधरी दोधारा चाँदनी नगरपालिकाका जनताले मन पराएका डाक्टर हुन् । स्वास्थय शिविरमा निशुल्क स्वास्थ्य परिक्षण, निशुल्क सुगर जाँच, निशुल्क बिपीको जाँच, पिसाव जाँच, रगतबाट किड्नीको जाँच र पेटको अल्ट्रासाँउण्ड, ईसीजीद्धार मुटुको जाँच, जण्डीसको जाँच, टाईफाईडको जाँच बिशेष छुटमा गरिने भएको छ् । बिहान ८ बजे सामुदायिक बनमा रहेको पार्कमा आरोग्य शु–स्वास्थ्य शिविर संचालन हुने भएको आरोग्य मेडिकेयरले जनाएको छ् । आरोग्य मेडिकेयरले दोधारा चाँदनीमा बिभिन्न समयमा निशुल्क शिविरहरु संचालन गर्दै आएको छ् ।







