भारत बाट आयात हुने फलफुल तथा तरकारीको गड्डाचौकी सिमानाकामैं विषादी परीक्षण

कञ्चनपुर : भारत बाट आयात हुने फलफुल तथा तरकारीको गड्डाचौकी सिमानाकामैं विषादी परीक्षण हुने थालेको छ ।गड्डाचौकी भन्सारमा साउन ५ गते देखि विषादी परीक्षण गर्ने थालिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य आयत निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय गड्डाचौकी, कञ्चनपुुले विषादी परीक्षण गर्ने प्रयोगशाला सञ्चनलमा ल्याएको हो ।

‘साउन ५ गते देखि भदौं १९ गते सम्म प्रयोगशाला सञ्चनलमा आए पछि १२८ जना व्यापारीकोे फलफुल तथा तरकारी परीक्षण गरिएको’ प्राविधिक सहायक नारायण रावतले भने । योे भन्दा पहिले भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै सप्रोट्रो फोटो मिटर यन्त्र नहुँदा समस्या हुने गरेको थियो । जसको कारण भारतबाट आयातित तरकारी तथा फलफुल कैलालीको अत्तरिया स्थिीत प्रयोगशालामा लगेर परीक्षण गर्नु पर्ने बाध्यता थियो ।

तर अहिले आफ्नै प्रयोगशाला सञ्चालनमा आए पछि व्यापारिले परीक्षणको लागि अत्तरिया लैजानु पर्ने बाध्याता हटेको प्राविधि सहायक रावतले बताए । विषादी परीक्षण गर्ने प्रयोगशाला सञ्चनलमा नहुँदा अत्तरिया बाट रिपोर्ट आउन दुई दिन सम्म पनि लाग्ने गरेको थियो । खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयमा विषादी परीक्षण हुदाँ तरकारी तथा फलफुल आयातमा छिटो हुनुको साथै सजिलो भएको तरकारी व्यवसायी प्रदिप गुप्ताले बताए ।

तर सब्जीमण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सोनारले आफूलाई गड्डाचौकीमा विषादी परीक्षण हुनेबारे जानकारी नभएको बताए । कोभिडको बेला सञ्चालनमा आएको तर अहिले सञ्चालनमा आएको आफुलाई थाहा नभएको सोनारले
बताए । ‘कोभिडको बेलामा विषादी परीक्षण हुन्थ्यो तर पछि बन्द भयो अहिले सञ्चालनमा आएको थाहा भएन,’ उनले भने ‘सञ्चालनमा आएको भए यो सारै खुशीको कुरा हो ।’ गड्डाचाौकीमा विषादी परीक्षण हुदाँ भारतबाट आउने विषादी युक्त तरकारी फलफुल राकिने अध्यक्ष सोनारले बताए ।

‘सिमामा विषादी परीक्षण हुँदा भारत बाट आउने विषादी युक्त तरकारी फलफुल रोकिदाँ उपभोक्तालाई पनि फाइदा हुने र व्यापारीलाई व्यवसाय गर्दा आयात गर्न सहज हुन्छ,’ अध्यक्ष सोनारले भने ‘ तरकारी तथा फलफुल व्यवसायीलाई विषादी परीक्षणको लागि अत्तरीया जानु पर्ने बाध्याता हटने छ र समयको पनि बचत हुने छ । ’

विदाको दिनमा पनि भन्सार कार्यालयमा फलफुल तथा तरकारी परीक्षणको लागि व्यवसायी आएमा भन्सार कार्यालयले विषादी परीक्षणको लागि खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयमा पत्र पठाए विदाको दिनमा पनि आफुहरुले परीक्षण गर्ने गरेको प्राविधिक सहायक रावतले बताए ।

ताजा समाचार

spot_img