दोधारा । दोधारा चाँदनी नगरपालिकामा डिसीए नेपालको सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाको सम्भाब्यता अध्यन तथा अनुगमन सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाको सम्भाब्यता अध्यन तथा अनुगमन सम्पन्न गरेको नेपाल नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जनाएका छन् । दोधारा चाँदनी नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजना अन्तर्गत महाकाली नदी र जगबुडा नदीका तटिय क्षेत्रका बसोबास गर्ने स्थानियहरुलाई बिपद्बाट जोगाउन र सामुदायिक बिपद् ब्यवस्थापन समिति तथा कृषक समुह मार्फत उनिहरुको जिविकापार्जनको लागी परियोजनाले सहयोग गर्दै आएको छ् ।


परियोजना मार्फत बिपद्बाट आवश्यक तालिम, उद्धार समाग्री तथा कृषी उत्पादन तथा बजारिकरणमा सघाउदै आएको छ् । समुदायलाई उनिहरुको माँग अनुसार उनिहरुको आर्थिकपार्जन संग जोड्ने परियोजनाको उद्धेश्य रहेको बताईएको छ् । सम्भाब्यता अध्यन तथा अनुगमनमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, प्राबिधिक गणेश ठगुन्ना लगाएत टोली रहेको थियो । टोलीले दोधारा चाँदनी नगरपालिकाका वडा नं. ३, ७, ८, १० मा रहेका कृषक समुह तथा सामुदायिक बिपद् ब्यवस्थापन समितिले अझै सम्म गरेका कामको अनुगमन तथा आगमी दिनहरुमा आर्थिकपार्जनको लागी गर्ने कार्यको बारेमा छलफल तथा अध्यन गरको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ मा रहेको एकता कृषक समुहका पदाधिकारीहरुले लगाईएको कागती खेतीको समेत अनुगमन र कागती खेतीमा मिश्रीत खेती गर्न सकिन्छ कि, भन्ने बिषयमा छलफल गरिएको छ् । एकता कृषक समुहका अध्यक्ष टिका देबी मगरका अनुसारका अनुसार कागती खेतीमा खुर्सानी तथा बेसार खेती गर्न तर्फ समुहका पदाधिकाहरु सोच बनाएका बताएका छन् ।


कृषक समुहमा आबद्ध स्थानिय महिलाहरुको जिवन स्तर उकास्न नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले सघाएको एकता कृषक समुहका अध्यक्ष टिका देबी मगरले बताएका छन् । टोलीले दोधारा चाँदनी नगरपालिका–१० अठार नम्वर पिल्लर बस्तीमा परियोजनले निमार्ण गरेको जैबिक तटबन्धको समेत अनुगमन तथा तटबन्ध निमार्णले स्थानियहरुमा परेको प्रभावको बारेमा छलफल गरिएको थियो । अठार नम्वर सामुदायिक बिपद् ब्यवस्थापन समितिकाका अध्यक्ष दिल बहादुर राना क्षेत्रीले परियोजनाबाट निमार्ण भएको जैबिक तटबन्धले बस्तीमा खुशीयाली छाएको बताएका छन् । बिगत देखि जगबुडा नदीको कारण समस्या झेल्दै आएका आफुहरुले जैबिक तटबन्ध निर्माणले बस्तीको जग्गा कटानी रोकेको उनले बताएका छन् । उनले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनालाई बिशेष धन्यबाद दिदै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले बस्ती जोगाएको अठार नम्वर सामुदायिक बिपद् ब्यवस्थापन समितिकाका अध्यक्ष दिल बहादुर राना क्षेत्रीले बताएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाको सम्भाब्यता अध्यन तथा अनुगमन टोलीले उनिहरु संग जिविकापार्जनको लागी थप योजनाको बारेमा छलफल गरेको थियो ।


जगबुडा नदीले बिगतका दिनहरुमा सताउदै आएको अठार नम्वर पिल्लर बस्तीमा टनेलबाट खेती गर्न सघाएको अठार नम्वर सामुदायिक बिपद् ब्यवस्थापन समितिकाका अध्यक्ष दिल बहादुर राना क्षेत्रीले बताएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले कार्यक्र संचालन गरेपछि भारतको सिमा संग जोडिएको अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुमा आर्थिक उन्नतीमा सकारात्मक प्रभाव परेको स्थानियबासी माया देबी सुनारले बताएका छन् । अनुगमन टोलीले दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा रहेको हाट बजारलाई स्थानियहरु किसानहरुलाई जोड्ने तथा बजारिकणको बारेमा छलफल गरेको हो । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले हाट बजारमा स्थानिय किसानहरु संग हाट बजार जोड्न काम नभएको बताउदै उत्पादन संगै बजारिकरणमा जोड दिन सके स्थानिय किसानहरुको जिवनस्तर उकास्न सकिने बताएका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाको सम्भाब्यता अध्यन तथा अनुगमन टोली सुन्दरनगर, प्रान टोल तथा दोधारा चाँदनी नगरपालिकाको हात्ती पिडित भने चिनिने बडवाल टोलमा समेत सामुदायिक बिपद् ब्यवस्थापन समिति, कृषक समुह तथा स्थानियहरु संग भेट गरि परियोजनाको प्रगती र गर्नु पर्ने कार्यको बारेमा राय संकलन गरेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले दोधारा चाँदनी नगरपालिकालाई सहयोग गरेको भन्दै परियोजनाको प्रगतीको कामना समेत गरेका छन् ।







