जहाँ हात्तीको आतंकले सुत्न पाईदैन् : अनिदोमा बडुवाल टोल


पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका–३ आशा राना क्षेत्री रातीको समयमा चयनले सुत्न पाउदैनन् । दिन भरि काममा थाकेर आराम गर्नका लागि घर आउने आशा राना क्षेत्री आराम गर्ने सपना करिब तिन साता देखि पूरा भएको छैन । कारण एउटै हो, जंगली हात्तीको आतंक । दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडवाल टोल भारतिय जंगल संग जोडिएको बस्तीमा दैनिकरुपमा रातीको समयमा निस्कने जंगली हात्तीको आतंकले हैरान मात्र नभई आजित भएका छन् । बडवाल टोलका लागि उनि एक उदाहरणका पात्र मात्र हुन् । उनि जस्ता करिब दुई सय चालिस घरधुरी स्थानीयवासीलाई दिनभरि काम गरेर राति आराम गर्ने बेलामा हात्ती धपाउनुपर्ने बाध्यता रहेको छ् । जंगली जनावरको आतंक र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेको बडवाल टोलका स्थानिय लक्ष्मी राना क्षेत्रीको भनाई छ् । हात्तीको बथान आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको उनिहरु बताउछन् ।

नेपाल—भारत संग जोडिएको दोधारा चाँदनी नगरपालिकाको बडवाल टोलमा भित्रिने दर्जनौ हात्तीको बथान धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन रातभर जाग्राम बस्न बाध्य भएका लक्ष्मी राना क्षेत्रीले बताएका छन् । ‘बाली नाली भएको बेला रातभरी सुत्न पाईदैन’ स्थानीय लक्ष्मी क्षेत्रीले भनिन् । केही वषृ अघि सोलार फेन्सीङको बिग्रीएपछि जंगली जनावर निर्बाधरुपमा बस्ती पस्ने गरेको र बस्तीमा आतंक मच्चाउने गरेको स्थानीय लक्ष्मी राना क्षेत्रीले बताएका छन् । मध्यरातमा आउने जंगली हात्तीका कारण आफूहरु ठुलो समस्यामा पर्दै आएको स्थानियहरुको गुनासो छ् । रातीको समयमा हात्तीले सुतेको नजिक आएर बितण्डा मच्चाउने गरेका कारण रातीको समयमा ज्यान जोगाउन समस्या भएको अर्का स्थानियबासी रेशम बादीको भनाई रहेको छ् । गएराती नजिकको भारतिय जंगलबाट १८ वटा हात्तीले एक दर्जन भन्दा बढी स्थानियहरुको मकै र धान खेत खाएर तथा उधनेर नष्ट गरेको स्थानिय रेशम बादीले बताएका छन् ।

बडवाल टोलमा सरकारले समस्या समाधान गर्न उदासीन देखाउदै आएको स्थानीयवासीले बताएका छन् । ‘सरकारले जनताको जिउ धनको सुरक्षाको ग्यारेन्टी लिनु पर्छ’ आशा राना क्षेत्रीले भने– ‘यहाँ त हामीलाई कतिबेला राती हात्तीले ज्यान लिने हो भन्ने हामीमा त्राश छाएको छ् ।’ गएराती राती ८ बजे बस्तीमा पसेको १८ वटा जंगली हात्तीको बिहान मात्रै जंगल फर्केको बताएका छन् । हात्तीले गाउ पसेर बाली खाने, कुल्चिदिने, नष्ट गरीदिने गरेको भएपनि त्यसलाई रोक्न सरोकारवालाले खासै ध्यान नदिएको उनिहरुको गुनासो छ । हुल बाँधेर आएको हात्तीको आतंक बिषयमा सmुत्रवार दोधारा चाँदनी नगरपालिकाका मेयर सहित जम्बो टोली बडुवाल टोलमा पुगेर अवस्थाको अनुगमन गरेको थियो । दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले हात्तीको आतंकबाट बच्न बस्तीमा बिद्युत बत्ती जडान, झाँडी सरसफाई तथा टर्च लाईट बितरण गर्ने बताएका छन् । उनले हात्तीको आतंक रोक्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाँउ लगाएत सरोकारवालाहरुमा पहल गर्ने समेत बताएका छन् ।


ताजा समाचार

spot_img