कञ्चनपुर : नेकपा एमाले निकट कर्मचारी संगठनका सदस्य दिनेश दमाईको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।
नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले भीमदत्त नगरपालिका १४बनकट्टीका स्व.दिनेश दमाईको परिवारलाई नगद रकम हस्तान्तरण गरेको हो ।

नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका सदस्य समेत रहेका भीमदत्त नगरपालिकामा कार्यरत कर्मचारी दमाईको एक बर्ष अघि सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले शनिबार एक कार्यक्तममका विच मृतक दमाईको परिवारलाई नगद एक लाख रुपैया सहयोग गरिएको बताए । अध्यक्ष चन्दका अनुसार कर्मचारी कल्याण कोषबाट नगद एक लाख रुपैया स्व. दिनेशकी आमा जानकी देवीलाई हस्तान्तरण गरिएको छ । एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट र इन्चार्ज निरुदेवी पालले उक्त रकम जानकीलाई हस्तान्तरण गरेका छन । संगठनका कोषाध्यक्ष सन्तोष जोशीले भपाई गरेर आमा जानकीलाई बुझाएका छन ।







