कञ्चनपुर : नेपाल निजामती कर्मचारी यूनियन कञ्चनपुरले संघ स्थापना दिवसको पुर्व सन्ध्यामा रक्तदान गरेको छ । शनिबार महेन्द्रनगरमा नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी यूनियन कञ्चनपुरको आयोजनामा रक्तदान गरिएको हो ।

संघका पुर्व जिल्ला सहसचिव तारा प्रशाद शर्मा संघका नेताहरु लक्ष्मण प्रशाद भट्ट, गोबिन्द बल्लव भट्ट, योगेश चन्द, जयराज पनेरु, दिपक कुँवर, कमलापती भट्ट, उमेश गुप्ता, लोकेन्द्र सोडारी, हर्कराज गिरी, बिरेन्द्र प्रशाद बोहरा, मोहन पनेरु सहितका १४ जना काँग्रेस निकट कर्मचारीले रक्तदान गरेका थिए ।

समाजिक सेवाका लागि रक्तदान गरिएको संघले जनाएको छ । संघको आईतबार स्थापना दिवसमा कञ्चनपुरमा समेत समाजिक कार्य गरिने कार्यक्रम रहेको छ ।







