पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका– ५ मा सडक सरसफाई अभियान सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीको पहलमा मुल सडक खण्डमा रहेको झाँडी एवम् फोहर सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ को माननिय चौराह देखि ईलाका प्रहरी कार्यालय सम्मको झण्डै एक किलोमिटर मुल सडक खण्डमा रहेको झाँडी एवम् फोहर सरसफाई कार्यक्रम सम्पन्न गरेको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यालयले जनाएको छ् । मुल सडक खण्डमा झाँडीको कारण सडक दुर्घटना हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै सडक छेउको झाँडी तथा फोहर सफाई कार्यक्रम अघि बढाईएको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले जनाएका छन् ।


सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका सई मेहन्द्र थापा, सशस्त्र प्रहरी दोधारा चाँदनी देबिस्थानका सशस्त्र प्रहरी निरिक्षक प्रविन फुर्याल, सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्द, भानु बहुमुखी क्याम्पसका क्याम्पस चिफ प्रकाश चन्द, नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सचिव महेन्द्र बिष्ट लगाएत स्थानिय तथा बिभिन्न संघ–संस्थाहरुको बाक्लो सहभागिता रहेको थियो ।

सुरक्षाकर्मी, बिभिन्न संघ–संस्था तथा स्थानिय युवा अगुवा समेत रहेको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले सडक छेउछाउ क्षेत्रमा देखिएको फोहोर एवम् झाँडी सरसफाई अभियान शुरु गरिएको बताए । ‘मुल सडक खण्डमा फोहोर एवम् झाँडीको कारण सडक दुर्घटना हुनसक्ने भएको कारण हामीले सबैको सहयोगबाट आजबाट सडक सरसफाई अभियान अघि बढाएका हौं’ वडाध्यक्ष खत्रीले भने – ‘हामीले प्रत्येक साता वडाका बाटो घाटोमा रहेको फोहोर एवम् झाँडी साफा गर्ने अभियान अघि बढाएका छौं ।’

आफ्नो ब्यक्तीगत खर्चा गरि वडाध्यक्ष खत्रीले सरसफाई अभियानमा सहघाउनेहरुलाई पानी र चियाको ब्यवस्था समेत गरेको बताईएको छ् । वडाध्यक्ष खत्रीले शाखा सडकहरुमा समेत सरसफाई गर्ने कार्यक्रम तय भएको बताएका छन् । सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्दले वडाध्यक्षले सडकमा रहेको फोहोर एवम् झाँडी सरसफाई अभियानको थालनी गरेकोमा वडाध्यक्षलाई धन्यबाद दिदै बिगतका दिनहरुमा सडकहरुमा रहेको फोहोर एवम् झाँडीको कारण बिभिन्न समयमा सडक दुर्घटनाहरु निम्तीएको बताएका छन् ।
उनले दोधारा चाँदनी नगरपालिकामा रहेको सडकहरुमा रहेका झाँडी तथा फोहर सरसफाई अभियान नियमित गर्दै जानु पर्ने बताएका छन् । वडाध्यक्ष आफै हसिया बोकेर मुल सडक खण्ड सरसफाईमा उत्रेपछि उनलाई सुरक्षाकर्मी, स्थानियहरुले सघाएका थिए । भानु बहुमुखी क्याम्पसका क्याम्पस चिफ प्रकाश चन्दले वडा नं. ५ सरह सबै वडाहरुमा रहेको सडकहरुको झाँडी तथा फोहर सरसफाई गर्न आवश्यक रहेको बताएका छन् । सरसफाई कार्यक्रममा सहभागी हुन भानु बहुमुखी क्याम्पस सदा तयारी अवस्थामा रहेको उनले बताएका छन् ।







