कञ्चनपुर : महाकाली प्रदेशिक अस्पताल कुनै बेला रिफर अस्पतालको नामले चिनीने अहिले त्यहाँका डाक्टर र कर्मचारीहरुको अथक प्रयासले महाकाली अञ्चल अस्पतालबाट प्रदेशिक अस्पताल बन्न पुगेको छ । अहिले यहाँ धेरै रोगको सफल उपचार हुने गरेको छ । जसले गर्दा महाकाली प्रदेशिक अस्पतालमा विरामीहरुको चाप बढ्ने गरेको छ । यही भाद्र १३गते सर्प दंशबाट सिकिस्त विरामी भएका दुई जनाको सफल उपचार भएको छ । ति मध्ये एकजना लाई कोबरा सर्पले टोकेको थियो भने अर्को विरामीलाई करेत सर्पले टोकेको थियो ।

दोधारा चाँदनी नगरपालिका १० भण्डारी टोल बस्ने वर्ष ४० का रवि बहादुर धामीलाई १३ गते ५ः०० बजे बेलुका दाउरा संकलन गर्ने क्रममा बाँया खुट्टामा कोब्रा सर्पले टोके पछि उनि तुरुन्त अस्पाताल आएका थिए । अस्पताल आउँदा केही बेर होस थियो तर पछि होस् हराएको धामीले बताए । उनले भने ‘अस्पताल आएको केही बेरमा मलाई केही पनि होस रहेन मैले बाँच्ने आस पनि छोडि सकेको थिए तर यहाँ अस्पतालका स्वास्थ्यकर्मीहरुको प्रयासले आफु बाच्न सफल भए।’ त्यसै गरी भिनपा ३ ट्रफिक चौराह नजिकै बस्ने विमल पन्तलाई राति ३ः३० बजे उनकै ओछयानमा रहेको करेत सर्पले टोक्यो टोकेको थाहा पाउने वित्तिकै उनि उपचारको लागि मन्त्र अस्पतालमा गए तर त्यहाँ उपचार हुन नसके पछि महाकाली प्रदेशिक अस्पतालमा आए घाँटी दुख्ने, आँखा खोल्न नसक्ने हुँदै विस्तारै होस हराउन थालेको पन्तले बताए ।

केही दिन अगाडि मात्र भारत बाट आएका सर्पदसका विरामीको सफल उपचार भएको थियो । ३ वर्ष देखि सर्पदंशको सफल उपचार गर्दै आएको यस महाकाली प्रदेशिक अस्पतालले बैशाख देखि हाल सम्म सर्प दंशका धेरै विरामी आए पनि २१ वटा विशालु सर्पले टोकेका बिरामीको सफल उपचार गरेको मेडिकल सुपरिटेन्ट डा.अर्जुन भट्टले बताए । सर्पले टोक्दैमा सबैको विस लाग्छ भन्ने हुदैन् तर लापरवाही गर्दा ज्यान पनि जान सक्ने मेसु भट्टले बताए । सर्पले टोक्ने समय प्रायः बैशाख देखि असोज सम्म हुन्छ । सर्पले टोकेमा लापरवाही गर्ने, धामी झाँर्की गर्ने कार्य गर्नु हुदैंन सर्पले टोक्ना साथ तुरुन्त अस्पतालमा आई सेवा लिनु पर्छ। जसले गर्दा अकाल मृत्यु बाट जोगिन सकिन्छ । अहिलेसम्म सर्पदंशका कुनै पनि बिरामीको मृत्यु नभएको बताए।







