विद्यालय कर्मचारीको आन्दोलनका कारण कञ्चनपुरका सरकारी विद्यालय ठप्प


कञ्चनपुर : सरकारले चालु आर्थिक बर्ष ०७९/०८० मा विद्यालय कर्मचारीको तलब बृद्धि नगरेपछि विद्यालय कर्मचारी आन्दोलनमा उत्रिएका थिए । नेपाल विद्यालय कर्मचारी परिष्दको आयोजनामा १ भदौँदेखि विद्यालय कर्मचारी सघीय राजधानी केन्द्रीय आन्दोलन गर्दा समेत सरकारले वेवास्ता गरेपछि फेरी विद्यालय कर्मचारी १२ भदौँदेखि बन्द हडतालमा उत्रिएका थिए । विद्यालय कर्मचारीको आन्दोलनका कारण कञ्चनपुरका विद्यालय ठप्प भएका छन ।

नेपाल विद्यालय कर्मचारी परिषद् कञ्चनपुरका सचिव तथा आन्दोलन परिचालन समितिका संयोजक महानन्द पाण्डेले बाध्यताबस विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको बताए ।
‘विद्यालय बन्द हाम्रो रहर होईन, बाध्यता हो, ‘उनले भने, ‘सरकारै काम गर्दा पनि हामीमाथि विभेद अन्याय थिचोमिचो हुँदा हामी आन्दोलित भएका हौँ ।’ उच्च स्तरका कर्मचारीका लागि सरकारले सुविधादेखि स्केल थपेको थप्यौँ, राख्ने हामी जस्ता निमुखा रातदिन काम गर्नेका लागि न स्केल न सुविधा दिदा बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । विद्यालय कर्मचारीको आन्दोलनमा विभिन्न शिक्षक संघ संगठन,विद्यालय समिति सहितको ऐक्यबद्धता थियो । शिक्षा मन्त्रालयले वार्तामा बोलाएसंगै केही दिनका लागि नेपाल विद्यालय कर्मचारी परिषदले आन्दोलन रोकेको छ ।


ताजा समाचार

spot_img